Hamro-Mobile-APP

नेकपा परित्याग गरि दुई दर्जन युवा काँग्रेसमा प्रवेश

 आइतवार, कार्तिक ९, २०७७ | onlinenews

९ कार्तिक, रामेछाप– मन्थली नगरपालिका–८ चिसापानीका दुई दर्जन युवा नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार एक कार्यक्रमकाबीच दुई दर्जन युवा काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस चिसापानीका वडा सभापति ओम पुरिले जानकारी दिए ।
सन्तोष भुषाल, सुमन नेपाली र ऋषि कपुर नेपालिको नेतृत्वमा काँग्रेस प्रवेश गरेका युवालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले अबिर पार्टीमा स्वागत गरेका थिए ।
नव प्रवेशीहरुलाई स्वागत गर्दै ढुंगेलले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र जनताको चरम बेवास्ता गरेको भन्दै मुलुकको बागडोर समाल्न सक्षम पार्टी नेपाली काँग्रेस मात्र भएको दावि गरे ।


नवप्रवेशी सुमन नेपालीले भने कम्युनिष्टहरु धेरै बोल्ने काम अलिकति पनि नगर्ने तर काँग्रेस भने कम बोलेर धेरै काम गर्ने पार्टी भएकाले आपूmहरु काँग्रेस प्रवेश गरेको बताए ।
पार्टी प्रवेश कार्यक्रम नेपाल तरुण दल मन्थली नगरपालिका–८ वडा इकाई अध्यक्ष शिव शंकर श्रेष्ठको अध्यक्षतामा तथा तरुण नगर सभापति कृष्णलाल पुरी, नेपाली कांग्रेस रामेछापका पूर्व जिल्ला सदस्य लव नेपाली लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रतिकृया

Add