Hamro-Mobile-APP

प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना सर्वोत्कृष्ट महिना प्रहरी घोषित

 शनिबार, कार्तिक १५, २०७७ | onlinenews

हेटौंडा– बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत इलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा कार्यरत प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना असोज महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको ‘महिनाको उत्कृष्ट प्रहरी’ छनौट कार्यबिधि २०७७ को आधारमा प्रहरी निरीक्षक तिमिल्सिना असोज महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मूल्याङकन गरी कार्य सम्पादनको स्तरमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले ‘महिनाको सर्वोत्कृष्ट’ प्रहरी घोषणा गरि पुरस्कृत गर्दै आएको छ ।
असोज महिनामा ९ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा कैद भुक्तानको लागि पेश गरेको, लागू औषधको बिक्री वितरण र रोकथामको लागि लागू औषध सहित मानिस पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको साथै डलर साट्ने बहानामा ठगी गर्ने समूहलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको लगायतका कार्यहरुको उचित मूल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनौट समितिले प्रहरी निरीक्षक तिमिल्सिनालार्ई ‘महिनाको सर्वाेत्कृष्ट’ प्रदेश प्रहरी (Best State Police Of The Month) घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकार दिएको छ ।
सर्वोत्कृष्ट घोषित प्रहरीलाई अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत गरिने पनि बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतका प्रत्यक्ष मातहतका कार्यालयबाट महिना भरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीको नामावली माग गरी सिफारिस भई आएका मध्ये उत्कृष्ट कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई ‘महिनाको सर्वोत्कृष्ट’ प्रदेश प्रहरी घोषणा गर्ने गरिएको छ । कार्यविधिमा उल्लेखित व्यवस्था अनुसार सिफारिस भई आएका तर महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा नभएका अन्य प्रहरी कर्मचारीलाई भने सम्बन्धित कार्यालयले ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police Of The Month) घोषणा गरिन्छ । कार्यविधिमा ब्यवस्था भएअनुसा प्रत्येक महिनामा १५ जना प्रहरी कर्मचारीलाई पुरस्कृति गरिने प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिकृया

Add