Hamro-Mobile-APP

५५ किलो बँदेलको मासुसहित ३ जना पक्राउ

 शनिबार, कार्तिक १५, २०७७ | onlinenews

१५ कार्तिक, कपिलवस्तु– कपिलवस्तुको बाणगंगा नगरपालिका–१० पटनाको ढेकहीबाट ५५ किलो बँदेलको मासुसहित ३ जना पक्राउ परेका छन । बदेल काटेर मासु बोरोमा राखि बिक्रीको लागि मोटरसाइकलामा लैजादै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
प्रकाउ पर्नेहरुमा सुद्धोदन गाउँपालिका हरनामपुरका हरिप्रसाद थारु र श्रवण कुमार चौधरी रहेका छन् भने बाणगंगा नगरपालिका–११ का छठीराम पासी रहेको जिल्ला वन कार्यालय कपिलबस्तुले जनाएको छ ।
प्रहरीले सुराकीको आधारमा बदेलको मासु बिक्रीको लागि लैजाँदै गरेका लु ३९ प ३४३० र युपी ५५ एबी २०२७ नम्बरको मोटरसाइललाई नियन्त्रणमा लिएको थियो । प्रहरीले पक्राउ गरि उनीहरुलाई बदेलको मासुसहित डिभिजन वन कार्यालय पिपरा पठाएको थियो । बिक्रीको लागि लैजादै गरिएको मासु आपूmहरुले भारतीय ब्यापारीसँग ७ हजार भारतीय रुपैयाँमा किनेको बताएका छन् । प्रकाउ परेकाहरुलाई बन्यजन्तु ऐन अनुसार कारबाही पक्रिया अघि बढाइएको बन कार्यालयले जनाएको छ ।

प्रतिकृया

Add