Hamro-Mobile-APP

दिपावली तथा छठ पर्वको शुभकामना आदनप्रदान

 शनिबार, कार्तिक १५, २०७७ | onlinenews

१५ कार्तिक, सप्तरी– विश्व हिन्दू परिषद नेपाल, सप्तरीले शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । परिषदले सप्तरीको कठौनास्थित जिल्ला कार्यालयमा एक कार्यक्रमको आयोजना गरि शुभकामना आदनप्रदान गरेको हो ।
विश्व हिन्दु परिषद नेपालका संस्थापक सदस्य रामनारायण ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय सचिव विजय सिंह, गौरक्षा प्रमुख मुरली मनोहर चौधरी, जिल्ला अध्यक्ष राम किशुन साह लगायत जिल्ला समितिका पदाधिकारी, आजिवन सदस्यहरु एवं स्थानीय कार्यकर्ताहरु समेत उपस्थित रहेको थियो ।
कार्यक्रममा शुभकामना आदान–प्रदान पश्चात विहिपको स्थानीय समिति पुर्नगठन तथा हिन्दू धर्मवालम्बिहरुले मनाउने चाडपर्वहरुको विशेषताको बारेमार चर्चा गरिको थियो ।

प्रतिकृया

Add