Hamro-Mobile-APP

विपी स्मृति भवन निर्माणको लागि वाइबाद्धारा दुई लाख सहयोग

 बिहिबार, कार्तिक २७, २०७७ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप– नेपाल काँग्रेस रामेछापका जिल्ला कार्यसमिति सदस्य तथा समाजसेवि, निर्माण ब्यवसायि चन्द्रकुमार वाइबाले रामेछाप विपि स्मृति भवन निर्माणको लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
नेपाली काँग्रेस रामेछापको पार्टी कार्यालय स्थापनाको लागि निर्माण भइरहेको रामेछाप विपि स्मृति भवन निर्माणको लागि निर्माण सामग्री सप्लायर्स  एएसके स्टोर्स एण्ड सप्लायर्सका प्रोप्राइटर प्रभुराम खड्कालाई दुई लाख रुपैयाँको चेक हस्तानतरण गरेका छन् ।

निर्माणाधिन रामेछाप विपि स्मृति भवन निर्माणको लागि लक्ष्मण प्रसाद घिमिरे जिल्ला कार्यसमिति रामेछापको सभापति हुँदा जग्गा खरिद गरिएको थियो भने स्वर्गीय शुशिल कोइराला तत्कालीन नेपाली काँग्रेसका पार्टी सभापति भएका बेलामा भवनको शिलान्यास गरिएको थियो ।
नेपाली काँग्रेस जिल्ला पार्टी रामेछापको आन्तरिक किचलोका कारण निकै लामो समयसम्म अलपत्र परेको विपि स्मृति भवन रामेछापको निर्माण कार्यलयले अहिले भने गति लिएको छ । अहिले सो भवनको पहिलो तला ढालानको तयारी भइरहेको छ ।

प्रतिकृया

Add