Hamro-Mobile-APP

गच्छदारको मुद्दा फिर्ता लिन देउवाको आग्रह

 शनिबार, माघ २५, २०७६ | onlinenews

२५ माघ, रामेछाप–नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता विजय कुमार गच्छदालाई सरकारले षड्यन्त्रपूर्ण रुपमा मुद्दा चलाएको आरोप लगाएका छन् । काँग्रेस नेता गच्छदारमाथि लगाएको मुद्दा तत्काल फिर्ता गर्न पनि सभापति देउवाले सरकारलाई आग्रह गरे ।
बालुवाटार जग्गा काण्डामा मुछिएका पार्टी उपसभापति गच्छारमाथि लागेको मुद्दा तत्काल फिर्ता लिन काँग्रेस सभापति देउवाले सरकारलाई आग्रह गरेको हो । नेपाली काँग्रेसका उपसभापति गच्छदारमाथि लगाइएको मुद्दा विनाशर्त तत्काल फिर्ता नगरिए आन्दोलन गर्ने समेत देउवाले चेतावनी दिएका छन् ।
नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि पूर्णबहादुर तामाङ कान्छाराले ब्यक्तिगत लगानीमा जिल्लाका विभिन्न पालिका तथा वडाहरुमा प्रदान गरेको एम्बुलेन्ट तथा शब बहान वितरण गर्न रामेछाप आएका देउवाले यस्तो चेनावनी दिएका हुन् । कान्छाराम तामाङले पार्टी सभापति देउवाद्धारा जिल्लामा ४ वटा एम्बुलेन्स र १ सब बहान प्रदान गरेका छन् ।
सोही कार्यक्रमलाई संवोधन गर्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समाज सेवा गर्नको लागि चुनाव जित्नु पर्दैन भन्ने उदाहरण कान्छाराम तामाङले पेश गरेको बताए । चुनाव चित्नु र हार्नु सामान्य प्रक्रिया भएको भन्दै समाज सेवामा समर्पित चुचुरेका कान्छारामलाई चुचुरमा पु¥याउको लागि समेत शर्माले रामेछापबासीलाई आग्रह गरे । कान्छाराम तामाङले रामेछाप जिल्लामा यस अघि पनि ९ वटा एम्बुलेन्सहरु प्रदान गरिसकेका छन् ।

प्रतिकृया

Add