Hamro-Mobile-APP

रामेछापको खाँडादेविमा बोेलेरो दुर्घटना २ को मृत्यु ३० जना घाइते

 मङ्लबार, चैत्र १८, २०७६ | onlinenews

१८ चैत्र, रामेछाप– जिल्लाको खाँडादेवि गाउँपालिकाको राकाथुममा बोेलेरो पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् । भक्तपुरको इटा भट्टमा ज्यामि काम गर्दै आएका रामेछापका यात्रु बाकेर आएको किपअप भ्यान खाँडादेवि गाउँपालिका–१ राकाथुमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । मृत्यु हुनेमा दोरम्बा गाउँपालिका–२ कि २५ वर्षीय संगीता पहरी र वडा नम्बर ३ का ४० वर्षीय गोपीलाल पहरी रहेका छन् ।
दुर्घटनमा परि घाइते भएका ३० जना मध्य केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए । भक्तपुरबाट आएको बोलेरो खैरनीघाट हुदै राकाथुमतर्फ जान मध्यपहाडी राजमार्गबाट उकालो चढ्ने क्रममा सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
बा १४ च ९४९८ बलेरो गाडी ३३ जना यात्रु लिएर रामेछाप आएको थियो । सरकारले लकडाउनको अवधिलाई एक हप्ता लम्ब्याएपछि परिवार सहित भक्तपुरको इटा भट्टमा काम गर्दै आएका मजदुरहरु जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट रामेछापको लागि अनुमति लिएर बोलेरोमा गाउँ आएका थिए । घाइते सबैलाई ४ वटा एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिकृया

Add