Hamro-Mobile-APP

सीप प्रयोग गरौँ, आत्मनिर्भर बनौं

 सोमवार, चैत्र २४, २०७६ | onlinenews

सन्तोष ढुङ्गेल


विश्वको विकासोन्मुख देशको सुचीबाट बामे सर्दै गरेको देश हो नेपाल । प्राकृतिक सम्पदा र सम्भावनाले भरिपूर्ण देश हो नेपाल । गरे के हुन्न भन्ने पाठ पनि धेरै नेपालीले नेपालमै गरेर देखाएका छन । उदाहरणका लागि राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष महाबिर पुनले नै दिखाइसक्नु भएको छ । खाडीमा गएर नाडीको बल लगाउने लाखौ युवाले अब सोच्नु पर्ने अवस्था आएको छ ।
नेपालले धेरै वटा संकट भोगिसकेको छ र त्यसले गतिलो पाठ सिकाएर गएको छ । त्यो हो नेपाल आपूmमा आफै निर्भर हुने । नेपालले बिगतमा लामो समय भारतीय नाकाबन्दी भोग्यो त्यो भन्दा कहालीलाग्दो त महाविनाशकारी भूकम्पले निम्त्याएको विनाशले सिकाएको छ शिक्षा । लाखौं हेक्टर जमिन बाँझो छ । कतिपय ठाँउमा सिंचाइको पहुँच हुदाहुदै पनि त्यसको सदुपयोग हुन सकेको छैन । कतिपय जमिनमा सिंचाइको अभावमा त्यो प्रयोगमा आउन सकेको छैन । सिंचाइको पहुँच पुगेको जमिनमा माटो र वातावरण सुहाउँदो खेती लगाउने र नपुगेको जमिनमा सिंचाइको ब्यबस्थापन गरि नेपालमा कृषिक्रान्ति सुरु गर्नु पर्ने जरुरी देखिन्छ । नेपाल कृषि प्रधान देश भएता पनि ब्यवहारमा त्यसो हुन सकेको छैन । नेपालमा कृषि क्रान्ति ल्याउने कुरा नेताको भाषणमा मात्र सीमित छ । नेताहरुले कृषि क्रान्तिको ठूला–ठूला कुरा गरे पनि ब्यवहारमा कृषि क्रान्तिकाले सार्थकता पाउन सकेको छैन ।
नेताहरु कमाउने धन्दामा ब्यस्त छन् अनि कसरी सार्थकता पाउँछ कृषि क्रान्तिले नेपालमा । राज्य लागेर नेपालमा कृषिमा क्रान्ति ल्याउने हो भने नेपालीले आफ्नो पेट पाल्नको लागि कसैको मुख ताक्नु र हात थाप्नु पर्दैन ।
अहिले विश्व नै एउटा महामारीसँग लडिरहेको छ । त्यो हो (कोभिड १९) अर्थात कोरोना भाइरस । यसबाट नेपालले सधै आश गर्ने र सहयोगको लागि अपेक्षा गरेका देश नै सिथिल भएका छन । अब के आश गर्ने शक्ति राष्ट्रहरु नै थिलथिलिएको अवस्थामा । जसको घरमा आफ्नै परिवार धान्न धौधौ भएको छ भने त्यो परिवारसँग अर्को परिवारले सहयोग माग्नु कति उचित होला । हामीले आफ्नो सीप र क्षमता आफ्नै माटोमा लगाउन सके पेट पाल्नकै लागि अरुको मुख ताक्नु पर्दैन । हामीले करेशा बारीमा साग, लनुस, प्याज र आलू फालाउने जाँगर चलाएको भए अहिले एक मुठा सागको लागि तरकारी पसलमा घण्टौ लाइन लाग्नु पर्ने थिएन । अहिले अरु देशजस्तै नेपाल पनि लकडाउनमा छ । लकडाउन लम्बिदै जाँने अवस्था आयो भने अबको केही महिनामा नेपालमा कोरोनामात्र हैन अनिकालको अर्को महामारी फैलिने अवस्था छ । बजारमा तरकारी र चामलको मूल्य आकासिएको कुरालाई लिएर गफिनुको सट्टा आफ्नो बाँझो रहेको जमिनमा बाली लगाउने हो भने अबको २÷३ महिनामा नेपालले खासै खाद्य संकट बेहोर्नु पर्लाजस्तो लाग्दैन । तर, विडम्बना अहिलेको युवा जनशक्तिमा ह्रास आएको छ । शहरबाट गाउँ फर्केका युवाहरू दशैँ तिहार जसरी रमाइलो गरेर बसेका छन । यो बेला भनेको बाँच्ने चुनौती मात्र हैन केही गर्ने अवसर पनि हो । आफ्नो हातमा भएको सीपलाई सही सदुपयोग गर्ने बेला पनि हो । राज्यले केही गरेन भन्दा पनि आपूmले पनि केही गर्नुपर्छ । संकटमा सबैको आ–आफ्नो जिम्मेवारी हुन्छ त्यो सबैले पालना गर्नु पर्छ । एक बोरा चामल एक, किलो नुन, एक लिटर तेल र एक किलो चिनीको आश नगरौँ आफ्नो परिवारलाई बर्ष दिन खान पुग्ने उत्पादन आफैले गर्न सक्छौ । अहिले नगरे कहिले गर्ने, मैले नगरे कसले गर्ने । गर्ने बेला यही हो र गरेर देखाउने बेला नि यही हो । घर बाहिर जानै नहुने हैन तर अर्काे ब्यक्तिसँग भेट नगर्नुस् अर्काको घरमा नजानुस् । आफ्नो खेतबारीमा पसिना बगाउन केहिलेनी रोकिदैन । देशका लागि अहिले नै हो केही गरेर योगदान दिने । ठूला ठूला आन्दोलन भए युद्ध भए लड्यौ, नेपालमा परिवर्तन आउँनुमा युवाहरुको ठूलो भूमिका छ । त्यतिमाात्रै गरेर पुग्दैन युवाले आपूm र देशको लागि गर्नुपर्ने काम अझै धेरै छन् । समाज र देशको लागि उर्जावान शक्ति हो युवा । त्यसैले युवाहरुले अरुको मुख ताक्ने हैन आपूm, समाज र देशको लागि केही गरेर देखाउन लागि परौं । युवाहरु उठौँ केही गरौँ म र मेरो परिवार पाल्नको लागि आफै सक्षम छु भन्ने प्रण गरौं । कसैले दिने दाने सहयोगको पछाडि नलागौं ।
अन्त्यमा खाडीमा गएर नाडी खियाउनु भन्दा आफ्नै देशमा आफ्नो सीप प्रयोग गरौ आत्मानिर्भर बनौं । खाडीको तातो रापमा सेकुवा सेकिए झै सेकिनु भन्दा नेपालकै स्वच्छ वातावरणमा आफ्नै परिवारसँग बसेर पिठै भए नि मिठैसँग खादा त्यो भन्दा बढी आनन्द के हुन सक्छ र ? विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसले सिकाएको पाठ के हो भने कसैसँग नभेट्नुस तर तपाईं केही गर्न सक्नु हुन्छ भने गर्नुस । रोग लागेर कोहि अकालमा मर्नु नपरोस । आइसुलेशन र क्वारेन्टाइनमा रहेका सम्पूर्णको स्वास्थ लाभको कामना । सर्बे भन्वन्तु सुखिना, सर्बे सन्तु निरामया, सर्बे भद्राणी पश्यान्तु याकश्चिद दुस्खभा भवेतू ।

प्रतिकृया

Add