Hamro-Mobile-APP

गोकुगंगामा तरुण दलले वितरण ग¥यो पीपीई

 मङ्लबार, चैत्र २५, २०७६ | onlinenews

२५ चैत्र, रामेछाप– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि नेपाल तरुण दल रामेछापले गोकुलगंगामा पीपीई प्रदान गरेको छ । तरुण दलले गोकुलगंगा गाउँपालिकाको ६ वटै वडालाई पीपीई प्रदान गरेको हो ।
नेपाल तरुण दल रामेछापले कोरोना नियन्त्रणको लागि अग्रभागमा रहेर काम गर्ने निकायहरुलाई पीपीई प्रदान गरिएको जनाएको छ । गोकुलगंगा गाउँपालिकाको ६ वटै वडा, लिखुतामाकोशी गाउँपालिकाको वडा नम्बर ६ खिम्ती र जिल्लामा रहेर काम गर्ने पत्रकारलाई समेत गरि २५ थान पीपीई उपलब्ध गराएको तरुण दल रामेछापले जानकारी दिएको छ ।
दैनिक नागरिकसँगै रहने नेपाल प्रहरी, विरामी बोक्ने एम्बुलेन्स चालक, विरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी र सूचना सम्प्रेषणको लागि खट्ने पत्रकारलाई सुरक्षति साथ काम गर्नमा थप सहयोग पु¥याउने उद्देश्यले निःशूल्क पीपीई प्रदान गरिएको तरुण दल रामेछापले जनाएको छ ।


गोकुलगंगाको गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ मा रहेका स्वास्थ्य चौकीलाई एक–एक थान, पालिका अन्तर्गतभित्र रहेका सबै प्रहरी चौकी, एम्बुलेन्स चालक, केही निजी मेडिकल र पाँच जना पत्रकारलाई पीपीई उपलब्ध गराएको नेपाल तरुण दल रामेछापका सचिव जिवन कार्कीले जानकारी दिए ।
त्यसैगरी लिखु तामाकोसी गाउँपालिकामा रहेको प्रहरी चौकी खिम्ती, स्वास्थ्य चौकी खिम्ती र दुई निजी स्वास्थ्य संस्थालाई पनि पीपीई दिइएको सचिव कार्कीले बताए ।
कोरोना सन्त्रासको कारण ज्वरो आएर उपचार गर्न विरामी स्वास्थ्य संस्थामा जाँदा समेत स्वास्थ्यकर्मीहरुले उपचार नगरी फर्काउने गरेको हुँदा सो समस्यालाई समेत समाधान गर्ने उद्देश्यले विरामीसँग प्रत्येक्ष सम्पर्कमा रहने ब्यक्तिहरुको लागि पनि पीपीई वितरण गरिएकोतरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्काले जानकारी दिए ।

प्रतिकृया

Add