Hamro-Mobile-APP

गरिब दुःखीका सारथी, रामेछापका प्रदिप घिमिरे

 बुधबार, बैशाख ३, २०७७ | onlinenews

३ वैशाख, रामेछाप– यतिबेला देश पूर्ण लकडाउनमा छ । अत्यावश्यक काम बाहेक हिँडडुल गर्न पाइदैन । यो अवस्था कसरी सिर्जना भयो ? शायद व्याख्या गरिरहन पनि आवश्यक छैन । यतिबेला देशमा निर्माणाधिन राष्ट्रिय गौरवका आयोजना भन्दा बाहेक साना आयोजनाहरुको निर्माणका कार्य पनि रोकिएका छन् । कोभिड–१९ ले विश्वभरका मानव जातीको अस्तित्व माथि नै बाँच या मरको अवस्था सिर्जना गरेको छ । कोभिड–१९ को संक्रमण फैलिएका करिब २१० वटा देशमा मृत्यु हुनेको संख्या सवालाख नाघिसकेको छ । यो अवस्थामा देशलाई पूर्ण रुपमा लकडाउन गर्नुको विकल्प पनि छैन सरकारसँग । कोभिड–१९ बाट संक्रमित सबै मूलुक प्रायः लकडाउनमा छन्, आम मानिसहरु क्वारिन्टाइनमा छन् । नेपाल बन्दा–बन्दीकोे अवस्थामा छ । नेपालले पनि त्यही उपाय अपनाउनुको विकल्प थिएन र त्यही भइरहेको छ । लकडाउन लम्बिदै जाँदा दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरुमा खाद्यान्न संकटका कारण भोकमरीको अवस्था सिर्जना भइसकेको छ । त्यस्तै बालआश्रम, बृद्धाश्रममा जीवन गुजारिरहेकाहरुमा पनि कोभिड–१९ को त्रास त छँदै छ, भोकभरीको अवस्था समेत सिर्जना भइसकेको छ । घर बाहिर जाँदा कोभिड–१९ भाइरसको डर, घरभित्रै बस्दा भोकमरीको डरमा बसेका दिन दुःखीहरुका लागि अन्नदाता भएर उदाएका छन्, रामेछापको मन्थली नगरपालिका–४ सालुका प्रदिप घिमिरे ।
सिंगो देश कोभिड–१९को संकटबाट गुज्रिरहेको बेला सक्रिय, समाजसेवी, यूवा घिमिरेको मनमा परोपकारी भावना आयो र उनले ती दिन दुःखीहरुलाई आपूmले सकेजति सहयोग गर्ने अठोट गरे ।


गएको चैत १५ गते राति साढे १० बजे घिमिरेको मोवाइलमा फोनको घण्टि बज्यो । उनले फोन उठाएर कुरा गरे । फोन गर्ने व्यक्ति थिए संयूक्त अपाङ्ग एकता आवाज केन्द्रका सञ्चालक तिलबहादुर कार्की । कार्कीको गुनासो थियो ‘हाम्रा बालबच्चाहरु खान नपाएर भोकले मर्ने भए सहयोग गर्नुप¥र्यो’ । राति कार्कीसँग कुरा भएपछि घिमिरेका मनमा अनेक प्रश्नहरु खेलिरहे, कोभिड–१९ को प्रकोपसँग हामी यूवा पिंढी त केहि समय लडौंला तर जसलाई भगवानले समेत पूर्ण शरीर दिन सकेन, जसले साहारासम्म पाएका छैनन्, उनीहरुलाई झन् भोकको पीडा थपिदा कस्तो भएको होला ? घिमिरे रातभर तीरजस्ता तिखा प्रश्नको सामना गर्दै उत्तर खोजिरहे । १५ गते राति गरेका संकल्प पूरा गर्न दिनभर खानेकुराको जोहो गरी १६ गते साँझ काठमाडौंको गोकर्णमा रहेको संयूक्त अपाङ्ग एकता आवाज केन्द्रमा पुगे । उनी पुग्दा झमक्क साँझ परिसकेको थियो । झम्के साँझले निष्पट कालो रातलाई निम्ता दिइरहेको थियो । केन्द्रमा रहेका ती भोका पेटहरु कालो रातसँगै निन्याउरो र त्रासले भरिएको अनुत्तरित चेहरा लिएर उदास बनिरहेको बेला रोसनी बनेर प्रकट भए उनै घिमिरे ।
भनिन्छ नि, जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि भनेजस्तै घिमिरे ती अनाथहरुका लागि कवि झैं बने । ओइलाएका मनको साहारा अनि बाँच्ने आशाको त्यान्द्रो बने उनी सबै साहारावीनहरुको । माहोल फेरियो, सन्नाटा छाएको त्यो केन्द्रका सवै निःशव्द झैं भए । गोकर्णको त्यो संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका ४८ जना अनाथ बालबालिकाहरु भोको पेटमा केवल कोरोना भाइरस कोभिड–१९ को डर पालेर बसिरहेका थिए ।


घिमिरेले केन्द्रमा रहेका साहाराबीहिन बालवालिकाका लागि कोशेली स्वरुप ८ बोरा चामल, १ बोरा चिउरा, १० केजी रातो दाल, १० केजी कालो दाल, क्वाँटी ५ केजी, नून १० के.जी, ५ लिटर तेल, ५ केजी चिनी, १ केजी जिरा, १ केजी धनिँया, २ वटा ठूलो मञ्जन, २ कार्टुन वाइवाई चाउचाउ, २ क्रेट अण्डा, १० वटा नुहाउने डिटोल साबुन, १५ वटा लुगा धुने, रायोको साग १ बोरा र अफिस ब्याग १ वटा लिएर गएका थिए ।
केन्द्रका सञ्चालकको बिगत झन् कम तितो छैन । सञ्चालक कार्कीले पशुपतिमा बसेर २५ वर्ष मागेर जम्मा गरेको पैसाले संस्था सञ्चालन गरेका थिए । वि.स.२०२९ सालमा पाँचथरमा जन्मिएका तिलबहादुर कार्कीको दुवै हातगोडा अपाङ्ग छन् । उनी अपाङ्गता भएकै कारण २०३८ सालमा गाँउबाट जर्बजस्ती निकालिएका थिए । गाँउबाट निकालिएपछि आत्महत्या गर्न भनि हिडेका दिनलाई समेत सम्झिए तिलबहादुरले त्यतिबेला । जब घिमिरेले भरोसा दिँदै भने तँ आँट म पु¥याउँछु भने जस्तै उनले भोगेको यो विपत्तिमा मद्दत गर्न आफू त्यहाँ आइपुगेको बताए । प्रदिपको कुरा सुनेर भाबुक बनेका कार्कीले आफ्नो बिगत यसरी जोडे । गाउँबाट निकालिएपछि आत्महत्या गर्ने सोच बोकेर हिँडेको म मर्न सँकिन सायद म जस्तै साहाराबिहिनहरुको अभिभावक बन्न लेखेको रहेछ कार्की, भावुक बने । बरु उनले पाँचथरबाट ३ महिना घस्रिदै–घस्रिदै झापा झर्दाको पीडा पोखे । उनको आँखाको डिलबाट आँसू छल्कियो । ३ महिनामा झापा आइपुगेका उनलाई झापा बस्न मनले मानेन । फेरि बसको छतमा बसेर काठमाडौं आएँ उनले सुनाए ।
उनले काठमाडौंलाई स्वार्थी शहर भन्छन, किनकी उनको अनुभवमा आफन्तै पराई सरह बाँचेका छन् । शहरमा उनको धुकधुकी बचाउने कुनै विकल्प थिएन । न उनी अरुले झैं दिनभर काम गरेर माडको जोहो गर्न सक्थे । त्यसैले विकल्प सोचे पशुपतिनाथ मन्दीरको सडकमा बसेर भिख माग्ने । कार्कीले जे सोचे त्यहि गरे । सडकमा हात पसारेर बसेको देख्दा सहृदयी मनहरूले २÷४ रुपैयाँ दान दिएर जान्थे । पशुपति मन्दिरको सडकमा बसेर उनले २५ वर्ष हात थापे । त्यहि दानका कारण आज उनी साहारावीहिन ४८ जना बालबालिकाको अभिभावक बनेका छन् ।


नयाँ बर्ष लाग्यो, सालको पहिलो महिना टेक्दा उनी गाँउबाट निकालिएको ३९ वर्ष बितिसकेको छ । कार्की औंला भाँच्छन् । अपाङ्गता भएकै कारण त्यतिवेला सबैको तिरस्कारको शिकार बनेको हुँ । म गाउँबाट निक्लिएको नभई निकालिएको हुँ उनी सम्झन्छन् । २०३८ सालदेखि २०६३ सालसम्म मैले पशुपतिनाथ मन्दिर छेउको सडकमा दिन रात काँटे । २५ वर्ष सडकमा हात पसार्दा ५ लाख ५१ हजार २५ रुपैयाँ दाम जम्मा भएछ । जम्मा भएको पैसा राख्ने ठाउँ पाईँन । पहिले पैसा नभएर मन पोल्थ्यो, २५ बर्षपछि पैसालाई कसरी सुरक्षित गर्ने भन्ने चिन्ताले पिरोल्न थाल्यो । सोच्दासोच्दै पैसालाई माटोमुनी गाडेर राख्ने सोचे । जम्मा भएको पैसाको सुरक्षाका लागि जयवागेश्वरीमा रहेको एउटा रुखको फेदमा एक हप्ता लगाएर खाल्डो खनेँ अनि पैसालाई माटोमुनी पुरेँ ।
त्यही जम्मा भएको पैसाले वि.स. २०६४ सालमा संयूक्त अपाङ्ग एकता आवाज केन्द्र खोलेर दिन दुःखी अनाथ र साहारावीहिन बालबालिकाहरुलाई संरक्षण गर्दै आएको छु । तिलबहादुर कार्कीले गाउँबाट लिकालिएको २८ वर्षपछि बुबाआमासँग भेट भयो । तिलबहादुर गाउँबाट लखेटिएको केहि बर्षपछि नै परम्परा अनुसार काजकिरिया समेत गरिएको कुरा बुबा–आमालाई भेटेपछि थाहा पाए । तिलबहादुरले यतिबेला आफू जिँउदै मरेको अनुभुति गर्नु बाहेक अरु कुरा सोचेनन् । जीवनमा अनेक संघर्ष गरेर धेरैको जीवनमा साहारा बनेका कार्कीले जीवनमा पटक–पटक जिउदै मर्नुपरेको छ । जव उनी साहारावीहिनहरुको साहाराको लौरो बनेको परिवारले थाह पायो अनि उनका लागि फेरि अर्को नाटक मञ्चन गरियो । उनकी आमा ९ दिनसम्म घ्याम्पोमा बसी घ्याम्पो फुटाएर निकाली तिलबहादुरलाई पुनर्जन्म दिइएको अभिनय भयो । उही दोस्रो पटक जन्मिएका तिलबहादुर ४८ जना साहाराबिहिन बालबालिकाको एक्लो अभिभावकको भूमिका निभाइरहेका छन् ।
कार्कीको जीवनको हृदयबिदारक भोगाई सुनेपछि प्रदिपले आफ्नो बाल्यकाल सम्झिए । उनी म सानै छँदा आफ्नी आमा पुनकुमारी घिमिरेलाई गुमाएको थिए प्रदिप सम्झन्छन् । आमको काम सकिन नपाउँदै प्रदिपलाई फेरि अर्को बज्रपात आइलाग्यो । आमाको काम सकिएकै भोलीपल्ट प्रदिपले आपूmलाई आमापछिको माया दिने हजुर आमा पनि गुमाए । आमा गुमाएको ३ महिना नबित्दै बुबाले तामझामका साथ नचिनेकी आमा भित्राउनुभयो । दोस्री आमाले घरमा पाइलो राखेपछि मेरो जीवनको खुशी खोसियो प्रदिपले सुनाए । बालमानसपटलमा आमा गुमाउनुको पीडा त छँदैछ । सानीआमाको क्रुर व्यवहार अनि बाबुको हप्कि–दप्कि सहँदै ४ जना अवोध भाई बहिनीहरुको अभिभावक म आफैं थिएँ । त्यतिबेला म १२ बर्षको थिएँ । तर भगवानको आर्शिवाद भनौं वा सानैमा आफूले भुक्तमान खेपेको कारण, म मा पनि अशाहय, अनाथलाई सहयोग गर्ने चाहना पलाएको हुनुपर्छ प्रदिपले थपे । आफू प्रतिकुलका तमाम परिस्थितिसँग जुध्दै यहाँसम्मको यात्रामा आइपुगेका प्रदिपलाई जीवनको हरेक भोगाइले नयाँ उर्जा दिएको छ । खुकुरीको चोट अचानोलाई मात्र थाह हुन्छ भनेझैं कुनै मान्छे विशेषको सोचाई र बास्तविकताको बारेमा बुझ्न उनलाई निमेशभर नै पर्याप्त छ ।
कार्कीको भोगाइले घिमिरेलाई बाल्यकालमा फर्कन बाध्य बनायो । कार्कीका सबै नालीवेली सुनेपछि संकटमा परेकाहरुलाई सहयोग गर्न पाउँदा मिल्ने आत्मसन्तुष्टिले अझ बढी हौसला मिल्यो प्रदिपलाई । उनले त्यसैलाई निरन्तरता दिँदै गए । दैनिक अखबार, रेडयो, टेलिभिजन तथा अनलाइन मिडियाहरुमा एक छाक टार्न नसक्ने श्रमिक तथा सडकमै बस्ने व्यक्तिहरु खान नपाएर छटपटाएको समाचार शीर्षकहरुले प्रदिपको मन कुडिन्थ्यो । हुनेहरु घरभरी सम्पत्ती थुपारेर धनाढ्यको बिल्ला भिरेर धनले डकारेर निदाउँछन् । तर आत्मसन्तुष्टिको लागि असाहाय र साहावीहिनहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनी सोच्दा सोच्दै कैंयौ रात निधाउनै विर्सेका छन् प्रदिपले ।
एक थोपा सुकी, सय थोपा नदी भनेझैं व्यक्तिगत हिसाबबाट पनि केही गर्न सकिन्छ भन्ने आँट लिएर दुःखमा परेका दाजुभाई तथा दिदीबहिनीहरुको ओठमा थोरै भए पनि मुस्कान भर्ने काममा निस्किए उनी । समस्या बताएर साध्य छँदैछैन, तर श्रोत साधनले जति सकिन्छ त्यति गर्दै गए । अनि सहृदयी मनहरुलाई पनि सकेको मद्दत गर्न सामाजिक सञ्जालबाट आह्वान गरे । केही सहयोगी सहृदयी मनहरुको साथ लिएर प्रत्येक दिन बास भएका, गाँस नभएका व्यक्तिहरुलाई खाद्यन्न वितरण र गाँस, बास र कपासको टुंगो नभएका व्यक्तिहरुलाई नियमित खानेकुराको जोहो गराउँदै आइरहेका छन् उनी ।
चैत्र १९ गते जोरपाटीको अत्तरखेलमा रहेका बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसनमा आश्रित २५ जना टुहुराहरुको लागि ५ बोरा चामल, १ बोरा चिउरा, १० किलो दाल १० किलो रातो दाल, १० किलो कालो दाल, चना ५ किलो, नून ५ किलो, तेल १ काटुन, चिनी ५ किलो, जिरा १ किलो, धनियाँ १ किलो, मेथी १ किलो, आँटा पिठो ५ किलो, मञ्जन पतंजलीको ठूलो १, सानो २ ओटा, बिस्कुट ४ दर्जन, अण्डा ४ क्रेट, नुहाउने साबुन डिटोल १० ओटा, लुगा धुने साबुन १ काटुन ठूलो, रायो साग १२ मुठा, चम्सुर साग ६ मुठा, काउली १० किलो, आलु २० किलो, हरियो मटरकोशा ७ किलो, सिमी लामो ८ किलो,. टमाटर ४ किलो लगायतका खाद्य सामग्रीहरु जुटाएर दिएका थिए ।
चैत्र २१ गते सूर्यविनायक नगरपालिकामा १५ परिवार गलैचा बुन्ने मजदुर भोकै परेको खबर आयो प्रदिपलाई । मजदुर भोकै रहेको खबर पाएपछि चैत्र २१ गते सूर्यविनायक नगरपालिका–८ मा भोकभोकै रहेका १५ परिवार गलैंचा मजदुरको लागि चामल १५ बोरा, दाल ३० किलो, चिनी १५ किलो, तेल १५ लिटर, चना १५ किलो, केराउ १५ किलो, नून १५ किलो, चिउरा १५ किलो लगायतका खाद्यन्न सामग्रीहरु जोहो गरिदिएका थिए ।

त्यहि दिन चैत्र २१ गते नै सूर्यविनायकबाट फर्कने क्रममा उनको मोबाइलमा फोनको घण्टी बज्यो । काठमाडौंको भृकुटिमण्डप भित्र बस्ने २ जना अपाङ्गगता भएका ब्यक्ति भोकभोकै भएको भन्ने समाचार सुन्नासाथ उनी हतार हतार चामल १ बोरा, दाल २ किलो, चिनी १ किलो, तेल १ लिटर, केराउ दाना १ किलो, नून १ किलो, चिउरा १ किलो, विस्कुट १ दर्जन लगायतका खाद्यन्न सामग्रीहरु लिएर रातको ८ः३० तिर भृकुटिमण्डप गएर खानेकुराको व्यवस्था गरिदिएका थिए ।
चैत्र २२ गते वागमती किनारको सुकुम्वासी बस्तीमा बस्ने ३ जना बृद्धालाई दाल, चामल, नुन तेल, साबुन, विस्कुट, चाउचाउ लगायतका खाद्य सामग्रीहरु र ३ जना बृद्धाआमालाई ५ सय रुपैयाँका दरले १ हजार ५ सय रुपैयाँ नगद जोहो गरिदिएका थिए ।
भृकुटिमण्डपमा भएका अपाङ्गगलाई खानेकुरा दिएर फर्कने क्रममा बाटोमा प्रदीलाई फेरि अर्को फोन आयो । भक्तपुरको सानो ठिमीमा ३ जना दृष्टिबीहिन सहित ७ जना खान नपाएर भोकभोकै छन् । त्यो खबर पाएपछि उनी चैत्र २३ गते भक्तपुरको सानोठीमी क्याम्पस पछाडी बस्ने डोटी जिल्ला स्थायी घर भएका कपिल विक लगायत ३ जना दृष्टिविहीन, २ बच्चा र एक आमाको लागि चामल १ बोरा, दाल २ किलो, चिनी २ किलो, तेल १ लिटर, बोडी दाना १ किलो, नून २ किलो, चिउरा २ किलो, विस्कुट १ दर्जन, दालमोट १ किलो, डिटोल साबुन ४ ओटा, ग्याँस र तरकारीको लागि ५ सय रुपैयाँ नगद रकम व्यवस्था गरिदिए ।
प्रदीपले भोकभोकै परेका मानिसलाई मात्रै हैन पशुपतिमा खान नपाएर भोकै परेका बाँदरहरुलाई समेत खाना पु¥याउन भ्याएका छन् । चैत्र २४ गते पशुपतिमा भएका करिब २ सय बाँदरलाई विस्कुट, चकलेट, पप, रोटि लगायतका खानेकुरा दिएर फर्किएका थिए प्रदिप ।
चैत्र २५ गते जाजरकोट र बाजुरा जिल्ला घर भई काठमाडौंको ढल्कुमा डेरा लिई बस्ने ३० जना जसमा २ जना अपाङ्ग, एक जना गर्भवती महिला लगायतका व्यक्तिहरु भोकभोकै रहेको समाचार उनको कानमा प¥यो । खबर सुन्नासाथ प्रदिप साँझ ढल्कुतिर दौडिए । त्यहाँको अवस्था देखेपछि चामल ५ बोरा, चिउरा १ बोरा, दाल १० किलो, नून १५ किलो, दालमोट ५ किलो, डिटोल साबुन ठूलो १० वटा, सोयाविन मस्यौरा १ बोरा, आलु १५ किलो, तेल ५ लिटर लगायतका खाद्यान्न सामग्रीहरु दिएर फर्किए ।
चैत्र २५ गते राष्ट्रिय आविश्कार केन्द्रका सञ्चालक वैज्ञानिक महावीर पुनले प्रदीपले गरेको कामको उच्च मूल्यांकन गर्दै प्रदिपलाई एक थान पीपीई सेट उपलब्ध गराइदिए ।
चैत्र २६ गते बिहान उनी काठमाडौंको बागबाजर पुगे । झापा जिल्ला घर भई बागबजारको सडक पेटीमा लुगा सिलाएर दैनिकी चलाउँदै आएका डम्बर बहादुर नेपालीको चुलोमा आगो बल्न छोडेको खबर पाएर त्यहाँ पुगेका थिए प्रदिप । कोभिड भाइरसको महामारीको कारण काम बन्द भएपछि भोकै परेका डम्बरबहादुर नेपालीलाई चामल १ बोरा, च्यूरा २ किलो, दालमोट १ किलो, तेल १ लिटर, दाल २ किलो, नून १ किलो, नुहाउने साबुन १ थान र मस्यौरा १ केजी लगायतका खानेकुरा दिएर फर्किए प्रदिप ।
यसै क्रममा चैत्र २८ गते काठमाडौंको वस्तुस्थिति बुझ्न महानगरीय प्रहरी परिसर टेकुतर्फ हानिए उनी । महानगरीय प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसँग केही समय बैठक बसेपछि प्रदिपलाई प्रहरी जनसेवा विशालजबारका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिलजंग शाहको फोन आयो । डिएसपी साहेबले काठमाडौंको स्वयभूस्थित ठूलो झ¥यांगमा ढलानको काम गर्ने एक जना महिला ज्यामि भोकभोकै परेको जानकारी गराए । खबर पाउनासाथ प्रदीप तुरुन्तै स्वयम्भू ठूलोभ¥याङ पुगेर भोकै परेकी ज्यामि काम गर्ने महिलालाई खानेकुरा दिए । ज्यामि महिलालाई दिएको खाद्यन्न प्रदिपका दिदी यशोखा चौलागाई तथा भिनानु, सर्जी कुराक, अर्की दिदी र भिनाजु शुशिला चौलागाई र नवराज चौलागाईले सहयोग गरेका थिए । दिदी भिनाजुको सहयोगमा जिरा मसिनो चामल १ बोरा, चिउरा १ किलो, विस्कुट १ दर्जन, अण्डा १ क्रेट, बेसार १ पाऊ, जीरा २ पाऊ, रातो दाल डेढ किलो, कालो दाल डेढ किलो, चना १ किलो, केराउ १ किलो, नून १ किलो, डिटोल साबुन १ थान र सुन्तला २ केजी लगायतका खाने कुरा प्रदान गरेका थिए प्रदीपले ।
चैत्र २८ गतेकै दिन काठमाडौंको जोरपाटीस्थित डेरा लिई बस्ने ४ जना विद्यार्थी भोकभोकै भएको थाहा पाएपछि डिटोल साबुन १० पिस, चिनी १ किलो, कालो दाल २ किलो, रातो दाल २ किलो, गेडागुडी २ किलो, चामल २ बोरा, अण्डा १ क्रेट, चिउरा २ किलो, दालमोठ १ किलो, विस्कुट १ दर्जन, जिरा धुलो १०० ग्राम, बेसार १०० ग्राम, मस्यौरा ४ पाउ, नून १ किलो, तेल १ लिटर लगायतका खाद्यान्न सामग्रीहरु दिएका थिए ।
त्यसैगरी चैत्र २९ गते ललितपुर लगनखेलमा मार्वलको चिप्स घोटेर आफ्नो गुजरा चलाउँदै आएकी एक बृद्धा आमा भोकभोकै परेको खबर आयो प्रदिपलाई । ६८ वर्षिय बृद्धा भोकभोकै परेको खबर पाउने वित्तिकै तुरुन्त लगनखेल पुगे उनी । मकवानपुर जिल्लाको टिस्टुगंपालुंग घर भएकी ६८ वर्षिय एक बृद्धा भोकै परेकी थिइन । ती बृद्धाले ३० वर्षदेखि मार्वलको चिप्स घोटेर गुजारा चालउदै अएको रहेछिन् । उनको ३ जना छोरीहरु रहेछन् तर छोरीहरुले आमाको हेरविचार नगरेपछि ६८ वर्षिय बृद्ध आमा मार्वलको चिप्स घोटेर ज्यान पाल्न बाध्य थिइन । उनको श्रीमान वैकुण्ठधाम गइसकेका रहेछन् । लकडाउनको कारण काम बन्द भएपछि भोकभोकै परेकी उनलाई चामल १५ किलो, दाल १ किलो, तेल १ लिटर, नून १ किलो, विस्कुट १ दर्जन, आलु १ धार्नी, काउली १ किलो, बोडी १ किलो लगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु र ५ सय ५ रूपैयाँ नगद सहयोग गरे प्रदिपले । ती बृद्धा आमा बस्ने घरबेटी भने निकै सहयोगी रहेछन् । ती बृद्धा आमासँग घरभाडा नलिएको ८ वर्ष भएको रहेछ । यस्ता घरबेटी विरलै पाइन्छ । काठमाडौंजस्तो दया हराएको शहरमा ८ वर्षदेखि घर भाडा नलिने घरबेटी पाउँनुलाई पनि सौभाग्य ठान्नुपर्छ ।
चैत्र २९ गते काठमाडौंको विभिन्न स्थानका सडक पेटीमा भोक भोकै बसेका १ सय ८ जना व्यक्तिहरुलाई प्याक खाना, आलु, प्याज, टमाटर, चना, केराऊ, सोयाविनको तरकारी र १÷१ लिटर मिनरल वाटर भोजन ग्रहण गराएका थिए ।
चैत्र ३० गते बसन्तपुर, क्षेत्रपाटी, नरदेवी, ढल्कु, टेकु लगायतका स्थानमा १ सय १८ जना सडक पेटीमा बस्ने भरिया लगायतका व्यक्तिहरुलाई प्याक खाना, आलु, प्याज, टमाटर, चना, केराऊ, सोयाविनको तरकारी र प्रत्यक ब्यक्तिलाइ १÷१ लिटर मिनरल वाटर भोजन ग्रहण गराएका थिए ।
२०७६ बैशाख १ गते बसन्तपुर, क्षेत्रपाटी, नरदेवी, ढल्कु, टेकु लगायतका स्थानमा १ सय ३२ जना सडक पेटीमा बस्ने भरिया लगायतका व्यक्तिहरुलाई प्याक खाना, आलु, प्याज, टमाटर, चना, केराऊ, सोयाविनको तरकारी र प्रत्यक ब्यक्तिलाई १÷१ लिटर मिनरल वाटर भोजन ग्रहण गराएका थिए । र यो क्रम निरन्तर रुपमा जारी छ ।
यी सब कार्य गर्न प्रदिपलाई केही गाह्रो पक्कै पनि थियो तर उनी त सहयोगको आशा राख्ने र सहयोग गर्न चाहने बीचका सेतु (पुल) भएर उपस्थित भएका थिए । म दुःखी र असहायहरुको पीडा र आवश्यकता महसुश गर्छु र मनकारीहरुसँग यो समस्या सुनाउँछु । अनि कयौं मनकारीहरुले मेरो माध्यमबाट सहयोग गर्छन् उनी सुनाउँछन् । सहयोगीहरुले मलार्ई विश्वास गर्नूमा मेरै सहयोगी भावना र विगतमा कयौं असाहायलाई मैले गरेको सकेजति सहयोगको परिणम हो जस्तो लाग्नु उनको अनुभुति सुनाउँछन् । यी सवै सहयोग जुटाउन म मात्रैले संभव छैन सहयोग दिने व्यक्तिहरुको नाम लिने हो भने साध्य पनि छैन ती मध्येमा केहिको नाम लिन्छु, मेरा भिनाजु नवराज चौंलागाँई, दिदी शुसिला चौलागाई, सर्जि कुराट र यशोदा चौलागाई, काका नारायण भण्डारी, आरती भण्डारी, रोसना लामा, शुधा गुरु·, नयन गुरु·, डा. सिद्धार्थ घिमिरे, पुजन घिमिरे, राम न्यौपाने, गंगा मुक्तन, ध्रुव ढकाल एवं राधिका ढकाल, सुलभ उप्रेती, शुदिल घिमिरे, हिरा ढकाल, नवराज सुवेदी, दिपक बुढाथोकी, खेम अधिकारी, अनिल हुमागाँई लगायतको महत्वपूर्ण योगदान रहेको छ ।
भनिन्छ संकट परेको बेलामा आफन्त, साथीभाई र सहयोगीहरु चिनिन्छ । प्रदिप घिमिरे अहिले सयौं दुःखी, गरीब, असाहय र अपाङ्गता भएकाहरुको मित्र बनेका छन् । यो बेला सहयोगको आवश्यकता परेका व्यक्तिहरुलाई न त सरकारले सोध्यो न डलरका खेती गर्ने एनजीओ, आइएनजीओ न चर्को स्वरमा बहस गर्ने मानव अधिकारकर्मी नै किन नहुन, तर एक्लो प्रयासमा अघि बढेका प्रदिप ती व्यक्ति र समुदायको निम्ति आशाका किरण बनेका छन् । बढ्दो रोगको संक्रमणको त्रासका बीचमा आफ्नो जीवन नै खतरामा परिरहेको जान्दाजान्दै पनि प्रदिप निरन्तर यो कार्यमा संलग्न रहेका छन्, र उनी भन्छन् यी कार्यहरु प्रचार–प्रसारका निम्ति मात्र नभएर मानव हुनुको नाताले एक नागरिकले गरेको सानो मातृभूमिप्रतिको कर्तव्य मात्र ठानेको छु । नेपालको बैंकमा पैसा नअटाएर विदेशको बैंकमा पैसा थुपार्नेहरु धेरै छन्, तर मन भएका मानिसहरु कमै भेटिन्छन् । ती मध्यका एक उदाहरणीय पात्र हुन प्रदिप घिमिरे । सामाज सेवा र धर्म गर्नको लागि धन भएर मात्र हुँदैन, धन नै नभए पनि मन भए समाज सेवा गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन् रामेछाप सालुका प्रदिप घिमिरे । धर्मको नाममा सयौं तिर्थ र धामहरु धाउनेले भन्दा कयौं कोटी धर्म कमाएका छन् प्रदिप घिमिरेले । उनलाई यो सफलता मिलिरहोस् शुभकामना … ।

E-mail: pradipghimire2010@gmail.com
Contact No. 9841141468
Facebook Link: https://www.facebook.com/amulya.ghimire

प्रतिकृया

Add