Hamro-Mobile-APP

जनयुद्धले खारिएको एउटा सतिसालः समृद्ध नेपालको अथक यात्री

नगर विकास कोषले गरेको मूल्यांकनको आधारमा २०७४ सालमा भरतपुर महानगरपालिका देश भरिकै अब्बल साबित भएर पुरस्कृत हुनु नै सबै आलोचकहरुलाई जवाफ हो ।

 सोमवार, बैशाख ८, २०७७ | onlinenews

२०३३ साल असार २३ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिएकी भरतपुर महानगरका निर्वाचित प्रमुख रेणु दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुन् ।
परिवारलाई पार्टीकरण गर्ने नीति अनुसार २०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालमा माओवादी जनयुद्ध शुरु भएसँगै भूमिगत भएकी थिइन् । प्रवासमा अखिल भारत नेपाली महिला संगठन, केन्द्रीय समिति अध्यक्ष, जनयुद्धकालमा रोल्पा जिल्लामा पार्टीको सहइन्चार्जको भूमिका निर्वाह गरिसकेकी दाहाल अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की महासचिव समेत भइन । चितवनमै प्रवेशिकासम्मको अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भइन । दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बनेकी दाहाल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भइन । प्रजातन्त्रका सेनानी गणेशमान सिंहका छोरा र गणतन्त्रका पिता प्रचण्डकी छोरीको चुनाबी भिडन्तले लोकतान्त्रिक परिदृश्य कायम गरेको थियो ।


माक्र्सवाद, लेनिनवाद, माओवाद र वर्गीय दृष्टिकोणलाई आत्मसात गर्दै अघि बढेका महिला नेतृहरूको जीवन गाथालाई पूँजीवादी व्यवस्थाले एउटा उपेक्षित कुनामा थन्काउने काम गर्छ । नेपालको राजनीतिक वृत्तमा पनि क्रान्तिकारी महिला नेतृहरूको चर्चा कम भएको पाइन्छ । तिनका बारेमा लेखिएका गाथा निकै थोरै छन् । नेपालको राजनीतिक प्रशासनिक इतिहासमा महानगरको पहिलो निर्वाचित महिला मेयर रेणु दाहाल समावेशिताको परावर्तन हुन् भन्दा अतियुक्ति नहोला ।
दाहालको २०५३ साल माघ २७ गते चितवनकै जनयुद्धकालका हस्ती, प्रवासमा रहंदा प्रचण्डका निकट सहयोगी टिबि पाठकका छोरा राजनीतिक (सामाजिक पृष्ठभूमिका अर्जुन पाठकसँग जनयुद्धकै क्रममा विवाह भएको थियो । बाबु प्रचण्ड जनयुद्धमा होमिएपछि बाबुलाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लागेकी दाहाल आफूले राजनीतिक प्रेरणा बाबुबाट नै पाएको बताउँछिन् ।

भूमिगत जीवन व्यतित् गर्ने क्रममा भारतमा हुँदा पार्टी प्रवास क्षेत्रीय ब्युरो सदस्य हुँदै भारतका पञ्जाब, हरियाणा र राजस्थान राज्यको पार्टी इन्चार्जको रुपमा काम गरेको अनुभब उनीसँग छ । पार्टी शान्ति पक्रियामा आउने क्रममा उनले २०६२ मा राप्ती ब्युरो सदस्य हुँदै रोल्पा जिल्ला सह–इन्चार्जको समेत अनुभब संगालेकी छिन । पार्टीको आधार इलाका रोल्पाको सह–इन्चार्ज भएर काम गरेको उनको अनुभबलाई पार्टीले २०६४ को संबिधानसभा निर्वाचनमा राम्रैसँग प्रयोग ग¥यो । २०६४ मा भ्याली ब्युरो सदस्य भई काठमाडौँ जिल्ला सह–सचिब र सचिवको भूमिकामा उदाएकी दाहाल लगायतको अथक प्रयासले कांग्रेस–एमालेको गढ भनिएको काठमाडौँको जग राम्रोसंग हल्लाइदियो । हाल काठमाडौँबाट चितवन कार्यक्षेत्र सरेपछि उनि मातहत रहेर काठमाडौँमा काम गरेका कार्यकर्ता अभिभावक गुमेको महसुस गर्छन ।
तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) को पोलिटब्युरो सदस्य रहेकी दाहाल देशका दुई ठूला कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रिय सदस्य तथा भरतपुर महानगर पार्टी इञ्चार्जको रुपमा कार्यरत छिन् ।
समाजको यथास्थितिवादविरुद्ध आमूल परिवर्तनको निम्ति उभिनु आफैमा साहसिक कार्य हो । त्यसमाथि कामदार महिलालाई तत्कालीन समय शताब्दीको सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक शोषणको परिवेशबाट उठेर क्रान्तिको विगुल फुक्नु अत्यन्त कठिन कार्य थियो । सर्वहारा विचारको लप्काबाट खारिएर चम्किएकी रेणु दाहाल जस्ता क्रान्तिकारी महिलाहरू साँचो अर्थमा शोषित, पीडित, श्रमजीवी वर्गका मुक्तिदाता हुन्, आदर्श हुन् ।

आलोचनाका लागि आलोचना गर्नेहरु राजनीतिक बिरासत भुलेर रेणु दाहाल प्रचण्डको राजनीतिक पहुँचको फाइदा उठाएर मेयरमा निर्वाचित भएको भन्दै कुर्लनछन् । १८ वर्षको कलिलो उमेरमा देश र जनताको मुक्तिको खातिर मुक्ति या मृत्यु भन्दै बन्दुक बोकेको रेणु दाहालको मलिन अनुहार भुल्छन । १० वर्ष भूमिगतकालका कठिन जिन्दगी बिताएका रुमानी कथाहरु भुल्छन । प्रचण्ड चाहन्थे त उनि लगायत आफ्ना बालबच्चालाई महंगा भन्दा महंगा विदेशी विश्वविध्यालयमा पढाउन सक्थे । प्रचण्डका समकालीन जुनसुकै राजनीतिज्ञका सन्तान विदेशमा बसेर स्वर्गीय आनन्द लुटिरहेका होलान, प्रचण्डकै सन्तान राजनीतिमा किन लाग्नु पर्यो ? यो प्रश्नमा रेणु दाहाल भन्छिन् बाधा जति ठूलो हुन्छ त्यसलाई पार गरेपछि प्रसिद्धि पनि त्यति नै ठुलो हुन्छ १ सक्षम जहाज चालकले भयानक तुफानमा नै आफ्नो असली क्षमताको विकास गर्छ १ हामीले विकास गरेका क्षमता बलिदानका देन हुन्, बलिदान अनि बलिदानप्रतिको दायित्वबाट भाग्ने छुट मलाई पनि छैन कसैलाई पनि छैन । न त उनीहरु स्वदेशमै रहेर पनि अन्य नेताका छोराछोरी झैं ठेक्कापट्टा र कमिसन खान तिर लागे, उनीहरु त पिता कै पदचाप पैलाएर अनवरत समाजसेवा गरिरहेछन ।
२०६४ मा भ्याली ब्युरो सदस्य भई काठमाडौँ जिल्ला सह–सचिबको भूमिकामा उदाएकी दाहाल लगायतको अथक प्रयासले कांग्रेस–एमालेको गढ भनिएको काठमाडौँको जग राम्रोसंग हल्लाइदियो । हाल काठमाडौँबाट चितवन कार्यक्षेत्र सरेपछि उनि मातहत रहेर काठमाडौँमा काम गरेका कार्यकर्ता अभिभावक गुमेको महसुस गर्छन ।
विभिन्न कालखण्डमा भएका दासताविरोधी, सामन्तवाद विरोधी, साम्राज्यवाद र उपनिवेशवाद विरोधी आन्दोलनलगायत सबैखाले न्यायपूर्ण र देशभक्तिपूर्ण आन्दोलनहरूमा क्रान्तिकारी महिलाहरूको योगदान पनि उत्तिकै उल्लेखनीय छ । वर्गसङ्घर्षका शृङ्खला र सिलसिलाहरूसँग आफ्नो जीवनलाई जोडेका, क्रान्तिमा होमिएर आफूलाई इस्पात बनाएका क्रान्तिकारी महिला नेतृहरूको नाम इतिहासका पृष्ठहरूमा गौरवका साथ लेखिएको छ । समाजको यथास्थितिवाद विरुद्ध आमूल परिवर्तनको निम्ति उभिनु आफैमा साहसिक कार्य हो । त्यसमाथि कामदार महिलालाई तत्कालीन समय शताब्दीको सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक शोषणको परिवेशबाट उठेर क्रान्तिको विगुल फुक्नु अत्यन्त कठिन कार्य थियो । सर्वहारा विचारको लप्काबाट खारिएर चम्किएकी रेणु दाहाल जस्ता क्रान्तिकारी महिलाहरू साँचो अर्थमा शोषित, पीडित, श्रमजीवी वर्गका मुक्तिदाता हन्, आदर्श हुन् ।

माक्र्सवाद, लेनिनवाद, माओवाद र वर्गीय दृष्टिकोणलाई आत्मसात् गर्दै अघि बढेका महिला नेतृहरूको जीवन गाथालाई पुँजीवादी व्यवस्थाले एउटा उपेक्षित कुनामा थन्काउने काम गर्छ । नेपालको राजनीतिक वृत्तमा पनि क्रान्तिकारी महिला नेतृहरूको चर्चा कम भएको पाइन्छ । तिनका बारेमा लेखिएका गाथा निकै थोरै छन् । नेपालको राजनीतिक प्रशासनिक इतिहासमा महानगरको पहिलो निर्वाचित महिला मेयर रेणु दाहाल समावेशिताको परावर्तन हुन् भन्दा अतियुक्ति नहोला ।
सर्वहारा वर्गको निम्ति बाँच्ने रेणु साँच्चै नै सङ्घर्षका प्रतिमूर्ति हुन्, प्रेरणाका पूञ्ज हुन् । निम्न मध्यम वर्गीय परिवारमा जन्मिएकी रेणुले तरबारको धारमा हिँड्ने र काँडैकाँडा बिछ्याइएको बाटोमा हिँड्ने सङ्कल्प लिइन । देशलाई बदल्न हिँडेका सर्वहारावर्गका मसिहा प्रचण्डकी असल सहयात्री बनी संसारलाई बाटो देखाउने काममा महत्वपूर्ण योगदान गरिन् ।
हाम्रो समाज पितृसत्तात्मक छ, माओबादी जनयुद्धले यसलाई तहसनहस परेर समानुपातिक प्रतिनिधित्वको नारा जबर्जस्त स्थापित गरायो । यसका अवशेषहरु आजपर्यन्त समाजमा ब्याप्त छन् जसले महिलाको उपस्थितिलाई (नेतृत्व)लाई सितिमिति मान्न तयार हुदैन । सम्भावना बोकेर उदाएकी रेणु दाहालको सन्दर्भमा पनि यो लागू छ । जसरी महाभारतकी विदुषी पात्रको विद्धतालाई छायामा पारेर समाज ५ श्रीमानकी एक्ली श्रीमती भनेर नकारात्मकताका साथ प्रचार गर्छ त्यसरी नै रेणु दाहालको क्षमतालाई अवमुल्यन गरेर प्रचण्डकी छोरी भनेर प्रचार गर्न समाज उद्धत छ । रामायणकी पौराणिक पात्र सिताले आफुलाई पवित्र साबित गर्न अग्निमा हाम फाल्नु परेको थियो के रेणुले आफुलाई अब्बल साबित गर्न त्यहि नियति भोग्नु पर्ने हो ?
कोरोना विशेष अस्थाई अस्पतालको निर्माण, समाजवादी मोडलमा महानगरभित्र स्वास्थ्य संस्था भरतपुर महानगरपालिका मातहतमा २३ वटा स्वास्थ्य संस्था, तिनमा कार्यरत १२७ स्वास्थ्यकर्मी र २०७ जना स्वास्थ्य स्वयंसेविकाको ग्रहण, महानगरभित्र कोरोना टेस्ट प्रयोगशालाको स्थापनाले भरतपुर महानगरपालिकालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा चुस्त सावित गरेको छ ।
यदी हो भने पनि रेणुले भरतपुरमा चलेको विकासको लहरबाट आफुलाई शिद्ध गरेकी छिन । जसरी सिंगो भारतमा विकासको सन्दर्भमा गुजरात मोडलको चर्चा हुन्छ, नेपालको सन्दर्भमा भरतपुर मोडल चरितार्थ हुने दिशातर्फ छ । तर्कहरु, विरोधहरु जन्मन्छन र तथ्यहरुले सबै तर्क र विरोधहरुलाई निष्तेज पारिदिन्छ । रेणुका संकुचित आलोचकहरुलाई उनले पेश गरेका तथ्यहरु काफी छन् । उनि भन्छिन जवाफ दिनुपरे जनताको कठघरामा हाजिर हुनेछु र प्रत्यक परिक्षामा आपूmलाई अब्बल साबित गर्नेछु, हामीलाई असफल हुने छुट छैन । इट्टाको जवाफ पत्थरले भनेझै आफ्ना आलोचकलाई रेणु कामहरुबाट जवाफ दिइरहेकी छन् ।

प्रत्यक व्यक्तिको आफ्नो निजि जीवन हुन्छ अनि पारिवारिक मामिला पनि यस्तै चुनौती र संघर्षले भरिएको छ रेनुको जीवन पनि । २०७० साल चैत्र १३ गते श्वासप्रश्वासमा समस्या देखिए पछि राजधानीकै ओम अस्पतालमा भर्ना गराएकी जेठी दिदि ज्ञानुलाई गुमाएकी थिइन । क्यान्सरबाट पीडित भएकी दिदिको उपचारका लागि अमेरिका र भारतका विभिन्न अस्पतालहरु घुमेकी रेणुका लागि ०७० चैत्र १३ गते कालरात्रीका रुपमा प्रकट भयो । त्यो पीडा भुल्दै गएकी रेनुले फेरि मंसिर ३ गते फेरि अर्को बज्रपात सहनु प¥यो । एकमात्र भाई प्रकाशको असामयिक निधन । उनकी आमा सिता दाहाल ठुलै रोगको सामना गरिरहेकी छिन । यति बिघ्न शोकलाई शक्तिमा बदल्दै उनि अहोरात्र महानगरको सेवामा खटिएकी छन भन्छिन हामी सामाजिक मान्छे हौ, हाम्रो पारिवारिक भन्दा सामाजिक उत्तरदायित्व ज्यादा हुन्छ ।
हाल सिंगो संसार कोरोनाको संक्रमणले त्राहिमाम छ, नेपालको इतिहासकै प्रथम महानगरकी मेयर रेणु दाहालको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा देखाएको सक्रियताले विरोधीलाई लोप्पा खुवाएको छ । भरतपुर महानगरपालिकाको हकमा कोरोना विश्वभरि फैलिँदै आएको समाचारसँगै पूर्वतयारीको लागि भरतपुर मेयर रेनु दाहालको सक्रियता तीब्र गतिमा देखियो । स्थानीय सरकारको काम, कर्तव्य, अधिकार र अभिभावकत्वको नेतृत्व गर्दै सबै पक्ष, राजनीतिक दलहरु, माननीयहरु, उद्योग वाणिज्य संघ, उद्योग संघ, भरतपुर अस्पताल, मेडिकल कलेजहरु, समन्वय समिति र स्वास्थ्य संस्थाहरुको साझा संस्था अपिनसहितको सक्रिय सहभागितामा चिनिया शैलीमा कोरोना विशेष अस्थायी अस्पताल ७२ घण्टामा तयार गरी चितवनवासी, वरिपरिका जिल्लाहरुका सम्भावित कोरोना संक्रमित मानिसहरुको चेकजाँच, आइसोलेसन र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको देखिन्छ । यो कार्य सामान्य कार्य नै होइन, जिम्मेवारी र कर्तव्यबोधले काम गरेको छ ।
कतिपय सन्दर्भ र समयमा केही मान्छेहरुको टिप्पणीहरु पनि सुनियो । विपद्को बेला, महामारीको बेला मान्छेले वेद पढ्दैन । जे आवश्यकता अगाडि आउँछ त्यही गर्छ । भरतपुर महानगरपालिका, मेयर रेनु दाहाल, आमनागरिक समाज, राजनीतिक दलहरु, निर्वाचित जनप्रतिनिधिहरु र निजी क्षेत्र सबै एक ठाउँमा रहेर कोरोना विशेष अस्पताल, पीसीआर प्रविधिबाट स्वाब परीक्षण ल्याब स्थापना भएको छ । केन्दीय सरकारको प्राथमिकताको विषय नबन्दा नबन्दै पनि चितवनवासीहरुको एकता, सद्भाव र सहकार्यले यो सम्भव भइसकेको छ । मुख्यतः पहलकर्ता र समन्वयकर्ताका रुपमा मेयर रेनु दाहालको भूमिका अहम् देखिन्छ । अरु सम्पूर्ण पक्षहरु एकतावद्ध भएका छन् । एउटै यात्रा तयार भएको छ ।
स्थानीय सरकार र निर्वाचित प्रतिनिधि, प्रशासनले निभाएको सकारात्मक भूमिकाले चितवन राम्रैसँग सफल भएको छ । यसले संकटमा स्थानीय सरकार भएको अनुभूति जनताले गर्न पाए । यतिखेर चितवनका सबै अस्पतालले सेवा प्रभावकारी बनाएका छन् । कोरोना विशेष अस्पतालले स्क्रिनिङ, आइसोलेसन, क्वारेन्टाइन र ल्याब टेष्ट रिपोर्ट समेत दिने गर्दछ ।
महानगरपालिका, नगरपालिका र गाउँपालिकाले समेत मजदुर, किसान, गरीब र निमुखालाई केही कमजोरीका बावजुद राहत वितरणलाई प्रभावकारी बनाएका छन् । स्थानीय ९८ वटै वडाले सक्रियता देखाएका छन् । यसले सकारात्मक सन्देशसहित भरतपुर र चितवनले विश्व र नेपालभरि सन्देश दिएको छ । सहयोगी मनहरु, सामाजिक अभियन्ताहरु सहयोगमा केन्द्रित भएका छन् ।
एउटा जबरजस्त तयारी र कार्यान्वयन व्यवस्थित रुपमा भएको छ । लकडाउनको पालना गर्दै घरमा बसेका जनता अनुशासित नै देखिन्छन् । अबको केही समस्यालाई पार लगाउनु पर्दछ । जस्तो कि, भारतमा बढ्दै गएको संक्रमणको त्रास यहाँसम्म नभित्रियोन् । आकस्मिक सेवा प्रभावकारी हास् । किसानको उत्पादन बजारसम्म लैजाने वातावरण र उपभोक्तामा भएको अभावको पूर्ति होस् । अस्पतालहरुबीचको समन्वय र सहकार्य प्रभावकारी बनोस् ।


नागरिक स्तरबाट निर्माणाधिन एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको लागि देखाएको तदारुकता, देशमै विशेष महत्वका साथ हेरिएको कोरोना विशेष अस्थायी अस्पतालको निर्माण, समाजवादी मोडलमा महानगरभित्र स्वास्थ्य संस्था भरतपुर महानगरपालिका मातहतमा २३ वटा स्वास्थ्य संस्था, तिनमा कार्यरत १२७ स्वास्थ्यकर्मी र २०७ जना स्वास्थ्य स्वयंसेविकाको ग्रहण, महानगरभित्र कोरोना टेस्ट प्रयोगशालाको स्थापनाले भरतपुर महानगरपालिकालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा चुस्त सावित गरेको छ । नगर विकास कोषले गरेको मूल्यांकनको आधारमा २०७४ सालमा भरतपुर महानगरपालिका देश भरिकै अब्बल साबित भएर पुरस्कृत हुनु नै सबै आलोचकहरुलाई जवाफ हो ।

प्रतिकृया

Add