Hamro-Mobile-APP

रेडक्रसले सुरु गर्यो, सदरमुकाम भित्रिने गाडीमा सेनिटाइज गर्न

 शुक्रबार, बैशाख १२, २०७७ | onlinenews

१२ वैशाख, रामेछाप– सदरमुकाम मन्थली भित्रिने ढुवानी तथा सबै खालका सवारी साधनलाई सेनिटाइज गर्न सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको अगुवाइमा बाहिरबाट सदरमुकाम भित्रिने गाडीहरुलाई सेटिसाइज गरेर पठाउन थालिएको हो ।
सदरमुकाम मन्थलीस्थित भैसेश्वर भएर बजार प्रवेश गर्ने ढुवानीका साधन तथा सवारीका साधनहरुलाई भैसेश्वर चोकमा रोकेर सेनिसाइज गरेपछि मात्र पठाउने गरिएको छ । मन्थलीको भैसेश्वर हुँदै रामेछाप जिल्ला बाहेक दोलखा, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका लागि सवारी साधनहरु जाने गर्दछन् ।


भैसेश्वर चोक हुँदै जाने सबै गाडीहरुलाई सेनिटाइज गरेर पठाउने गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका मन्त्री जयप्रकाश श्रेष्ठले बताए । रामेछाप जिल्लामा तराई हुदै इन्डियाबाट तरकारी र फलपूmल आउँने भएकाले विशेषगरि तराई हुदै आउने ढुवानीका साधनलाई लक्षित गरेर सेनिटाइन गर्न सुरु गरिएको श्रेष्ठले बताए ।
ढुवानीका साधनलाई लक्षित गरि सेनिटाइज गर्न सुरु गरिएको भए पनि भैसेश्वर भएर हिड्ने ढुवानी तथा सवारीका साना तथा ठूला सबै यातायातहरुमा सेनिटाइज गरेर पठाउने गरिएको श्रेष्ठको भनाई छ ।
रामेछापको सदरमुकाम मन्थलीमा आउने तरकारी तथा फलपूmल धेरैजसो इन्डियाबाट आउने गर्दछ । मन्थली प्रवेश गर्ने ढुवानी तथा सवारीका साधानलाई भैसेश्वरमा रोकेर सेनिटाइज गर्नुका साथै यात्रु तथा सवारी चालकलाई पनि ज्वरो नापेर पठाउने गरिएको छ ।

प्रतिकृया

Add