Hamro-Mobile-APP

विवादीत अध्यादेश राष्ट्रपतिद्वारा खारेज

 शुक्रबार, बैशाख १२, २०७७ | onlinenews

१२ वैशाख, काठमाडौं– सरकारले ल्याएका दुवै अध्यादेश खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् ।
सरकारले यही वैशाख ८ गते राजनीति दल र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो ।
पार्टी र जनस्तरबाट सरकारको ब्यापक आलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको पछि मन्त्रिपरिषदको सिफारिस अनुसार दुबै अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया

Add