Hamro-Mobile-APP

नेपालमा १० जना कोरोना संक्रमित थपियो

 आइतवार, बैशाख २१, २०७७ | onlinenews

२१ वैशाख, काठमाडौं– आइतबार एकैदिन १० जना संक्रमित फेला परेको छ । बाँकेको नेपालगञ्जमा नेपालगञ्जका ९ जना र पर्सामा १ जनागरी गरी १० जनामा  कोरोना भाइरस (कोभिड–१९०) संक्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला रहेको मन्त्रालयले जनाएको छ । श्रोतका अनुसार संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।
यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया

Add