Hamro-Mobile-APP

सहास नेपालले दियो, दोरम्बा गाउँपालिकालाई स्वास्थ्य सामग्री

 बुधबार, बैशाख २४, २०७७ | onlinenews

२४ वैशाख, रामेछाप– सहास नेपालद्धारा सञ्चालीत सामुदायिक विद्यालयहरुमा समावेशी तथा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजनाले दोरम्बा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
परियोजनाले मंगलबार दोरम्बा गाउँपालिकामा पुगेर पीपीई १४ सेट, थर्मल गन १२ वटा, मेडिकल किट १० प्याकेट, स्यानिटाइजर ५ सय एमएलको एकसय थान, माक्स ९५ को १५ वटा, ग्लोब्स १० प्याकेट, हात धुने साबुन १ हजार ७ सय ६ वटा, हाउस ग्लोब्स ३० वटा, सर्जिकल माक्स ७ सय ५० वटा प्रदान गरेको हो ।


सो सामग्री सामुदायिक विद्यालयहरुमा समावेशी तथा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजना संयोजक सुकराम घिसिङद्धारा गाउँपालिका अध्यक्ष कमान सिं मोक्तानलाई प्रदान गरिएको हो ।
(कोभिड–१९) कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक तामाङले बताए ।
चाइल्ड एण्ड नेटवर्कको आर्थिक सहयोगमा स्वास्थ्य सामग्री प्रदान गरिएको पनि तामाङले जानकारी दिए ।

प्रतिकृया

Add