Hamro-Mobile-APP

विधान विपरीत काम नगर्न पत्रकार महासंघलाई प्रेस संगठनको आग्रह

 आइतवार, जेष्ठ ४, २०७७ | onlinenews

४ जेठ, दोलखा– नेपाल पत्रकार महासंघ दोलखाले सुद्धिकरणको नाममा क्रियाशील पत्रकाहरुलाई समेत सदस्यबाट हटाएको भन्दै प्रेस संगठन नेपालले विरोध गरेको छ ।
विश्व मानव समुदाय कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध लडिरहेको बेला नेपाल पत्रकार महासंघ, दोलखा शाखा अन्तर्गतका सदस्यहरुको शुद्धिकरणका नाममा वितण्डा सिर्जना गरेको प्रेस संगठन नेपालको आरोप छ ।
सुद्धिकरणको नाममा कतिपय क्रियाशील पत्रकारलाई नै हठात रुपमा सदस्यबाट हटाउने काम भएको भन्दै प्रेस संगठन नेपाल बागमती प्रदेशले प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो नगर्न नेपाल पत्रकार महासंघ दोलखालाई आग्रह गरेको छ ।
महासंघको विधानअनुसार आफ्ना सदस्यहरुलाई हटाउने अधिकार जिल्ला शाखालाई नरहेको र सो अधिकार महासंघको प्रदेश समितिमा निहित हुने व्यवस्था रहेको भन्दै विधान विपरित काम नगर्न आग्रह समेत गरेको छ ।

प्रतिकृया

Add