Hamro-Mobile-APP

जीपी फाउण्डेसनद्धारा फोटोपत्रकारलाई ज्याकेट सहयोग

 आइतवार, जेष्ठ ४, २०७७ | onlinenews

४ जेठ, काठमाडौं– जीपी फाउण्डेशन नेपालले फोटो पत्रकार महासंघलाई २ सय थान प्रेस ज्याकेट सहयोग स्वरूप उपलब्ध गराएकोछ । फाउण्डेसनकी अध्यक्ष शुजाता कोइरालाले एक अनौपचारिक कार्यक्रमकाबीच नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेलाई प्रेस ज्याकेट हस्तान्तरण गरेकी हुन् ।


कोरोनाको अत्याधिक जोखिममा रहेका क्षेत्रमा कार्यरत फोटोपत्रकारहरूलाई लक्षितगरि प्रेस ज्याकेट हस्तान्तरण गरिएको जीपी फाउण्डेशनले जनाएको छ । महासंघलाई ज्याकेट हस्तान्तरण गर्दै फाउण्डेशनकी अध्यक्ष कोइरालाले फोटोपत्रकारहरूले सधै अग्रपंतिमा रहेर रिपोर्टिङ गर्नुपर्ने भएकाले प्रेस ज्याकेट सहयोग गरेको बताइन ।
त्यसैगरि महासंघका अध्यक्ष ध्रुव आलेले कोरोना महामारिका कारण विभिन्न क्षेत्रमा लकडाउन र कर्फ्यु जारि भएकाले हालको अवस्थामा फिल्डमा अग्रपंतीमा रहेर रिपोर्टिङ गर्नुपर्ने फोटोपत्रकारलाई प्रेस ज्याकेटले ठूलो सहयोग पुग्ने भन्दै फाउण्डेसनलाई धन्यवाद दिएका थिए ।

प्रतिकृया

Add