Hamro-Mobile-APP

आज नेपाल इतिहासको एउटा विशिस्ट परिस्थितिमा उभिन आइपुगेको छ

 बुधबार, जेष्ठ १४, २०७७ | onlinenews

ध्रुव लामा


केही दिन यता मुलुकभर निरन्तर कोरोना सँक्रमितको संख्या अनपेक्षित रुपमा बढेर गएको, पश्चिम नेपालको कालापानीमा भारतसँग सिमा विवाद उत्कर्षमा पुगेको र बिबिध घरेलु समस्याहरुको कारण आज नेपाल इतिहासको एउटा विशिस्ट परिस्थितिमा उभिन आइपुगेको छ । यो कोरोनाको महामारीले सारा विश्व जगत त्राहिमाम भैरहँदा संसारभरका सारा मानब जाति नै कोरोना कहरको युद्धमा एकसाथ जुधिरहँदा हामी भने यो रोगको परीक्षण नियन्त्रण र रोकथामको लागि समेत आवश्यक प्रयास र पहलबाट चुकिरहेका मात्रै छैन नैराश्यपूर्ण सरकारी अकर्मण्यता र गैरजिम्मेवारपन क्रियाकलापको कारण अब मुलुकलाई श्री पशुपतिनाथले पनि बचाउन सक्ने छैन भन्ने गम्भिर अवस्थामा पुगिसकेको छ । सम्भाबित कोरोना संक्रमणलाई मध्यनजर गरेर यसको नियन्त्रणमा मात्रात्मक र गुणात्मक ब्यबस्थापन जस्तै, मापदन्ड अनुसारको क्वारेन्टाइन बनाउनु सिमाक्षेत्र तथा विदेशबाट फर्केकाहरुको उचित स्वास्थ्य परीक्षण र आइसोलेसन उपचारको ब्यबस्था गर्नु र आवश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्थापन गरेर जनताको मनोबल बढाउनुको सट्टा सरकारको कार्यशैली केवल औपचारिकतामा मात्र सिमित हुन पुग्दा न आइसोलेसनको न क्वारेन्टाइनको उचित प्रबन्ध ? न आशंका गरिएका बिरामीको PCR test को प्रबन्ध, अझ मृत्यु पश्चात मात्रै PCR test गर्न भ्याउने हाम्रो दयनीय हालत अनि दाहसंस्कार गरिसकेको ८ दिनपछि कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भन्ने सम्मका लज्जास्पद समाचारहरु आइरहँदा हामी कोरोना बिरुद्धको युद्धमा कहाँ छौ, कुन तयारीका साथ कसरी सामना गरिरहेका छौ भन्ने बुझ्न गाह्रो छैन । सायद यसैको कारण दुई महिना भन्दा बढी समयदेखि कायम हुँदै आएको लकडाउन पूर्णतः निरर्थक बन्न पुगेको छ र ख्याल ख्यालैमा समुदाय स्तरमा महामारीको संक्रमण बढेर ब्यापक हुँदै जाँदा अब पनि हामीले उच्च सतर्कता अपनाएनौ भने सरकारले रोग परीक्षण र औषधी उपचारको प्रभाबकारी नीति तथा कार्यक्रम कार्यन्वयन गर्न इमान्दारिका साथ नलाग्ने हो भने हामी यो महामारी बिरुद्धको लडाइमा निश्चित रुपमा पराजित हुनेछौ र त्यो हामी सबैको लागि कति दुर्भाग्यपूर्ण होला कल्पना मात्रै गर्दा पनि आङ् सिरिङ्ग हुने अवस्थामा हामी छौ ।
कोरोना कहरले आम नेपाली मानसिक, शारीरिक भौतिक र आर्थिक सम्पूर्ण रुपमा विक्षिप्त भैरहेका बेला मुलुकमा मञ्चन भैरहेको विविध घटनाक्रमहरुले हाम्रो नेतृत्व तहको नेताहरुको ज्ञान, बिबेक, क्षमता, सोच, संस्कार र नैतिकता छर्पस्ट पारिदिएका छन । कहिले बेमौसमी र बेमतलबको अध्यादेश जारी गरेर, कहिले सत्ता परिवर्तनको नाममा शक्ति र पैसाको घिनलाग्दो खेल खेलेर, त कहिले सोच्नै नसकिने खालको भष्टचारमा लिप्त भएर कहिले जनताको जिउधनको सुरक्षाको कुनै परवाह नगरी रोम सम्राट निरो चरित्र प्रदर्शन गरेर । हामीलाई थाहा छ र यो यथार्थ पनि हो २०१५ को बिपीको दुई तिहाइको सरकार भन्दा कयौ गुणा शक्तिशाली केपीको दुइतिहाइको सरकार आज मुलुकमा सत्तासिन छ । बिपीको सरकार भन्दा यो सरकार किन धेरै शक्तिशाली छ भने बिपीको सरकारलाई त राजा महेन्द्रले आवश्यक dictate गर्ने गर्दथे कहिले काँही कतिपय सन्दर्भहरुमा, तर केपीको सरकारलाई dictate त परैजाओस कमा फूलस्टपसम्म कसैले सच्च्याउने अवस्था छैन तसर्थ यो सरकारप्रति राजनीतिक स्थिरता र विकासको पक्षमा जनताको भरपुर भरोसा नभए पनि सकारात्मक सोच, केही उत्साह र थोरै आशा त थियो नै, तर बिडम्बना सरकारको प्राथमिकता राष्ट्रको पक्षमा जनताको पक्षमा लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा भन्दा आफ्ना वरिपरिका स्वार्थलोलुप झुण्डहरुको गुणगान, प्रसंसा र चाकडीबाट मख्ख परेर दिनानुदिन स्वेच्छाचारी, तानाशाही र निरंकुशता अनि भ्रष्ट प्रबृत्तिबाट उत्साहित हुँदै गर्दा बलात्कारको अभियुक्तलाई पनि आँफै उनमुक्ति दिने, तस्कर माफियाहरुलाई पनि आफै उनमुक्ति दिने, अपहरण तथा भ्रष्टाचारजस्ता जघन्य अपराधमा संलग्नहरुलाई पनि आफै उनमुक्ति दिन अग्रसर हुने सरकारको गैरसंबैधानिक एबं आपत्तिजनक गतिविधीहरुको कारण मुलुक पूर्णतः कुशासनको शिकार बन्न पुग्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को पवित्र लक्ष्यको सत्कर्मबाट विचलितभै स्वर्णिम इतिहास रच्ने सु–अवसरबाट यो सरकार बञ्चीत हुन पुगेको छ ।
यो सरकारको पालामा जस्तो काण्डैकाण्ड सायद बिगतको सरकारहरुको पालामा भएको थिएन होला । एकपछि अर्कोे जनबिरोधी काण्डको कारण सरकारको लोकप्रियता, विश्वशनीयता र बैधानिकता ह्रास हुँदै जाँदा जब सत्तासिन दल नै सरकारको नेतृत्व परिवर्तनको निम्ती अग्रसर हुन पुग्थे अनि सरकारको बिरुद्ध जब जनता आन्दोलनको मोर्चामा अग्रभागमा सहभागि हुन पुग्थे तब “जसरी युगान्डाका पूर्व तानाशाह दादा इदी अमिन बिरुद्ध जनता आन्दोलित हुने बेला अनि त्यसलाई मथ्थर पार्न भन्ने गर्थे तान्जानियाले आक्रमण ग¥यो । यही सूत्रमा वर्तमान सरकारले पछिल्लो पटक छ दशक लामो भारतसँगको सिमा बिबादको बिषयलाई लिएर नेपाली जनताको मनोवैज्ञानिक ब्ल्याकमेलिङ गर्न पुगेको छ र देश भित्रका धेरै गम्भिर मुद्दाहरु ओझेल पार्दै बिषयान्तर गरेर सत्ताको आयू बढाउनेतिर लागिपरेको छ ।
भारत र नेपाल दुबै स्वतन्त्र स्वाधिन तथा सार्वभौम राष्ट्र भएको, दुबै मुलुकको समान हैसियत रहेको र विश्वकै उदाहरणीय मित्रबत् सम्बन्ध भएको छिमेकी हुँदाहुँदै पनि भारतसँग नेपालको हजारौं किलो मिटर खुल्ला सिमाका कारण भएर होला सायद धेरै ठाउँमा धेरै प्रकारको सिमा बिबाद, १९५० को असमान सन्धीका बिषयहरु, कालापानिमा रहेको भारतीय सैनिक क्याम्प लगायतका विविध विवादित मुद्दाहरु, समस्याहरु छन भन्ने कुरामा सायदै कोही पनि नेपाली अनविज्ञ नहोला, कालापानीमात्र होइन महाकाली, टनकपुर, कोशी, गण्डक सन्धि र सम्झौता धेरै ठाउँमा नेपाल जानेर वा नजानेर पीडित बन्न पुगेको इतिहास साक्षी छ । भारतीयहरुलाई जारी गरिएका नागरिकताको बिषयदेखि बिरगञ्जमा रहेका बाणिज्य दूतको अस्वाभाविक गतिविधिहरुले सिर्जित समस्या होस् वा सुस्तादेखि लिम्पियाधुराको सिमा समस्या होस् सबै मुद्दाहरुमा सबै नेपाली कम्तिमा सचेत छन । सजग छन भन्ने मा कुनै शंका छैन । बरु मैहुँ भन्ने ठूला दलका नेताहरु पटक–पटक भारतीय शासकका आदेसपालक भएको र भारतीय नीति निर्देशन अनुरुप इतिहासको विभिन्न कालखण्डमा नेपाल आमाप्रति घात हुने किसिमको अक्षम्य राष्ट्रघाति गतिविधिमा सक्रिय भएको प्रमाणित हुनुले राष्ट्रको हितको पक्षमा कहिले पनि दह्रोसँग स्वाभिमानी पूर्वक आफ्नो अडानमा देखिएका इतिहास नभएका चाँही पक्कै हो । अहिलेको गम्भिर सिमा संकटको बेला पनि हाम्रा उच्च तहका राजनीतिक नेताहरु गैरजिम्मेवार अभिब्यक्ति दिएर थाकेका छैनन । कोही कालापानी लिजमा दिने कुरा गर्दैछन् कोही काँकडभिट्टदेखि कलकत्ताको जमिनसँग साट्न प्रस्ताब गर्दैछन्, कोही कालापानी क्षेत्रमा सेना पठाएर भारतीय सेना धपाउने कुरा गर्दैछन्, त कोही सिमामा काँडेतारको पर्खाल लगाउने कुरा गर्दैछन् त कोही नेपालको नक्शामा सो क्षेत्र नै नभएको कुतर्क गर्दैछन् । अझ रोचक प्रसंग त यो छ कि केही दिनअघि नेपाल सरकारले देशको राजनीतिक नक्शा प्रकाशन गर्ने निर्णय गर्नु भन्दा पाँच दिनअघि वरिष्ठ सञ्चारकर्मी भुषण दाहालसँगको एक टिभी अन्तर्बार्तामा प्र.म स्वयमले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटिएको नेपाली नक्शा मैले त पढेको देखेको छैन तपाइंले पढ्नु भयो ? भनेर प्रतिप्रश्न गरेकोबाट स्पस्ट हुन्छ कि उहाँ अतिक्रमित भूमीप्रति कति अनविज्ञ रहेछ भन्ने तथ्य । भलै पाँच दिनपछि नै सारा जनताको दवाब, संसदको प्रभाव, मिडियाको भूमिका र भारत स्वयमको विस्तारवादी अहंकार हेपाह दुव्र्यबहारको नाङ्गो प्रदर्शनको कारण लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटिएको नयाँ नक्शा सार्वजनिक गर्न सरकार बाध्य भयो । जुन भूमीलाई भारतले केही महिना अगाडि सार्वजनिक गरेको आफ्नो नक्शामा समाहित गरेको थियो ।
सम्प्रभु देश नेपालको जारी नक्शाप्रति भारतको गम्भिर अस्विकारोक्ति आइनै सकेको छ र दुबै देशले सिमा क्षेत्रका उल्लेखित भू–भाग एकोहोरो आफ्नो देशको दाबी गरिरहेको अवस्थामा पुगेको छ । तर यसबीच यो विवादको सम्मानजनक निकासको लागि कुनै कुटनीतिक पहल राजनीतिक वार्ता तथा सरकारी तदारुकताका साथ सो समस्याको निदानमा गम्भिर नहुने परिस्थितिले दुई छिमेकी मुलुकको मित्रबत् सम्बन्धमा फेरि एक पटक भयंकर तनाब सिर्जना हुन पुगेको छ । र यो बिस्तारै नागरिक तहसम्म पुग्दै गरेको अवस्थाले भोलिका दिनहरु निकै चुनौतिपूर्ण हुनसक्ने सम्भाबना देखिन थालेको छ । दुई देशको सम्बन्धमा पैदा हुन गएको दरारको कारण आउन सक्ने असहज परिस्थितिको सामना वास्तवमै निकै महँगो पर्न सक्ने हुँदा यो महामारीको दुःखद समयमा हामीले यि तमाम विवादित बिषयहरुलाई संयम भएर बार्ता र सहमतिको आधारमा समाधान गर्नु बुद्धिमतापूर्ण कर्म हुनेछ न कि भावनामा बगेर खोक्रो राष्ट्रबादको रोदन गाएर भारतलाई गालीगलौज गरेर घ्रीणा फैलाएर कसैको उक्साहटमा परेर दुई देशको सम्बन्धलाई बिगारेर कसैलाई पनि केही फाइदा हुनेवाला छैन । तर आजभोलि एकाथरि अतिवादी स्वघोषित जमात चाँही (कोही ओलीको जयजयकार गर्ने र कोही भारतलाई गाली गर्ने) राष्ट्रियताको नारा बजाएर हिट हुने प्रतिस्पर्धा गरिरहेका छन् । जुन अहिलेको समयानुकुल पटक्कै छैन । नेपालको सन्दर्भमा वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देबकोटाको भनाई यहाँनिर स्मरण हुन जान्छ कि “राष्ट्रवादी हुँ भन्न सजिलो छ तर राष्ट्रवादी भएर बाँच्न गाह्रो छ ।” यथार्थ चाँही फेरि पनि यही हो ।
हामी सबैलाई थाहा छ, नेपालको भारतसँग धेरै असमझदारी र विवादित मद्दाहरु छन जसलाई समानता र सह–अस्तित्वको आधारमा विश्वाशको जगमा निरूपण गर्नु जरुरी छ । जति भारतसँग हाम्रा असंतुस्टि र मिस अन्डरस्ट्यान्डिङ छ, गुनासो, रिस र टकराब छ त्यतिनै सम्बन्ध बिगारेर वारपार गर्न सक्ने सहज अवस्था पनि हामीसँग छैन । हाम्रो भू–राजनीतिक अवस्था, भारतसँगको रोटिबेटीको सम्बन्ध, धर्म, जात, भाषा, संस्कार संस्कृतिको प्रभाव, रोजगार, ब्यबसाय तथा खुल्ला सिमाको निर्वाध प्रयोग र हाम्रो भारतनिर्भर ब्यापार तथा अर्थतन्त्रको ठूलो हिस्सा अनि भुपरिबेष्ठित मुलुक हुनुको विवषताले गर्दा चाहेर पनि भारतसँगको हाम्रो दुई देशिय सम्बन्धलाई तोड्न सक्नेस्थिति छैन, टकराब लिएर बस्न सक्ने अवस्थामा त झन छँदैछैन, यो वास्तविकता हो । यद्यपि विश्व मानचित्रमा उदाउँदो शक्तिको रुपमा स्थापित हुने क्रममा रहेको र एसियाकै प्रभावशाली मुलुक भारतजस्तो शक्तिशाली विशाल राष्ट्रले क्षेत्रफलको दृष्टिले आपूm भन्दा करिब २२ गुणा सानो छिमेकी मुलुक नेपालको भू–भाग अतिक्रमण गर्न खोज्नु अतिनै लज्जास्पद एवं अशोभनिय दुष्कार्य हो र यसकार्यप्रति स्वदेश तथा विदेशमा रहेका नेपाली जनताबाट ब्यापक विरोधनारा जुलुसबाट प्रतिरोध भैनैसकेको छ । हाम्रा पूर्वजको अटल देशभक्ति त्याग अदम्य साहस र बलिदानका कारण विश्व मानचित्रमा सार्वभौम तथा स्वाधिन राष्ट्रको पहिचान राख्न सफल आफ्नो प्राण भन्दा प्यारो देश नेपालको सार्वभौमसत्ता स्वाधिनता तथा भौगोलिक अखण्डतामा खलल पुग्न गएको यस घडीमा जनस्तरबाट विरोध हुनु स्वभाविकै हो तथापि यो दशकौदेखिको सिमा विवादलाई दुई विशाल मुलुकबीचमा अवस्थित नेपालजस्तो सानो मुलुकले आवेसमा आएर अराजक क्रियाकलाप मार्फत प्रत्याक्रमण गर्न खोज्दा समस्या झन बल्झिन सक्छ भन्ने गाम्भिर्यतालाई आत्मसात गरेर प्रस्तुत सिमा विवाद समाधानको लागि वार्ता सबै भन्दा महत्वपूर्ण विधि हो र यही प्रभावकारी तथा विश्वशनीय बार्ताको बिधिद्वारा नै निछोडमा पुग्न सकिन्छ भन्ने विश्वाशका साथ भविष्यमा द्विपक्षीय सम्बन्ध झन सुदृढ मैत्रिपूर्ण र चिरस्थायी बनाउनु जरुरी भएको र त्यसको लागि फेरि पनि सरकारको तदारुकता, कुटनीतिक पहल अन्तरर्राष्ट्रिय समन्वय र आवश्यक पर्दा मध्यस्तता तथा राजनीतिक प्रतिबद्धताको खाँचो देखिएका छन, जुन हुन सकिरहेको छैन । संयुक्त राष्ट्र संघको बडापत्रको प्रस्ताबनामा उल्लेखित “सहियणुतालाई अपनाउने तथा एकअर्काबीच असल छिमेकीको रुपमा मिलेर बस्ने ।” भन्ने भनाइलाई मनन गर्दै यस्तो संवेदनशील मामिलामा कुनै पनि राजनीतिक फाँट होस् वा अन्य नागरिकहरुबाट विवादास्पद अभिब्यक्ति नदिई राष्ट्रिय हित तथा स्वार्थको प्रबद्र्धनमा योगदान गरौ जिम्मेवार एबं परिपक्वता प्रदर्शन गरौ र कुनै पनि तह र तप्काबाट उत्तेजनापूर्ण व्यबहार नगरी संयमताका साथ नेपाल–भारत दुबै पक्ष बार्तामा बस्ने अनुकुल वातावरण सिर्जना गर्नको निम्ती दुबै मुकुकलाई परिणाममुखी दबाब दिने काममा जुटौ । मातृभूमीको रक्षार्थ जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार रहौ ।
तर अहिलेको यो विशम परिस्थितिमा चाँही पहिला हामी जनतालाई कोरोनाको महामारीबाट बचाउनेतिर लागौ यो महामारीको बिरुद्ध एकजुट भएर लागौ । हस्पिटलमा पर्याप्त मेडिकल सामग्रीको जोहो गर्नेतिर लागौ, ICU, Ventilator, isolation ward को ब्यबस्थापनमा जुटौ, जनताको स्वास्थ्यसँग पटक्कै खेलबाड नगरौ, दैनिक हजारौंका संख्यामा भित्रिएका प्रबासी नेपालीको मेडिकल test गरी कसरी सुरक्षित गर्न सकिन्छ, त्यो ब्यबस्थामा लागौ RDT/ PCR test को दायरा बढाउन सरकारी चुस्तता बढाउन दबाब दिऔ, मानवियता देखाऔ र यो कठिन परिस्थितिमा सम्पूर्ण विवादबाट माथिउठौ भोलीको समय हाम्रै हो । कोरोनासँगको लडाईं जितेपछि लिम्पियाधुरा, कालापानी वा लिपुलेक सुस्ता अनि सगरमाथाकै बिषयमा आवश्यक परे भारत वा चिनसँग लडौला, जितौला इतिहासले सिकाएको पाठ यही हो । आपूm पनि बचौ र अरुलाई पनि बचाऔ । जय होस् !
(लेखकः नेपाली काँग्रेसका महासमिति सदस्य हुनुहुन्छ)

प्रतिकृया

Add