नेकपा रामेछाप नगर कमिटीको एकजुट भएर अघि बढ्न अपिल
सोमवार, माघ ५, २०७७
नेत्र मोक्तान ‘सचेत’
महान् नेपाली जनयुद्धमा जीवन बलिदान गर्ने शहीदहरुको लाममा विर्सनै नसकिने एक नाम हो क.धावा लामा ‘विश्व’ । रामेछापको बेथान गाउँ हालको सुनापति गाउँपालिका वडा नं. ४ मा जन्मनु भएका कमरेड विश्व नेपालको जनयुद्धमा रामेछापले भूल्नै नसकिने एक चिरपरिचत नाम हो । उहाँ जनयुद्धमा रामेछापको एक संस्थापक नेता पनि हुनुहुन्थ्यो । क. धवा लामा ‘विश्व’ सँग मेरो चिनजात वि.स. २०५४ साल तिरबाट भएको हो । त्यसपछि उहाँसँग लगातारजस्तै भेट भइरहन्थ्यो । २०५८ सालबाट म पार्टीमा पूर्णकालिन भएपछि भने हाम्रो भेट जिल्ला तहको केन्द्रीत कार्यक्रमहरुमा मात्र हुन्थ्यो । म जिल्लाको पूर्वि वेल्टमा र उहाँ जिल्लाको पश्चिमी वेल्टमा पार्टीको जिम्मेवारीमा रहनुभयो ।
२०६० साल श्रावण ३२ गते दोरम्बा हत्याकाण्डपछि रिक्त जिल्ला जनसरकार प्रमुखको जिम्मेवारीमा क. धावा लामा ‘विश्व’लाई सोही वर्षको मंसिरमा आयोजीत जिल्ला भेलाले चयन ग¥यो । त्यसपछि क. धावा लामा ‘विश्व’ जिल्लाको मूल तहको नेतृत्वको टिममा रहेर पार्टीलाई राजनीतिक र सांगठानिक दुवै रुपमा अगाडि बढाउन जिल्लाभरी क्रियाशील रहनुभयो । पार्टीलाई सुदृढ गर्न र जनसरकारको कामलाई ब्यापक विस्तार गर्न उहाँ अहोरात्र जुट्नु भयो । यसैक्रममा म पनि उहाँसँग काभ्रेको कोसीपारी क्षेत्रमा पार्टी काममा जोडिन पुगे । सायद २०६२ सालको चैत्रको तेश्रो हप्ताबाट हामी कोसीपारी क्षेत्रमा एक राजनीतिक अभियान सञ्चालनमा जुट्यौं । दोलालघाट, भुम्लुटार, रिष्ठे सापिङ्ग, सिमथली, भूम्लु सल्ले र चौवासमा हामीले हाम्रो कार्यक्रमलाई केन्द्रीत ग¥यौं । पार्टीको जनआधार कम्जोर रहेको त्यस एरियालाई राजनीतिक रुपमा संगठीत गर्ने लक्ष्य हाम्रो कार्यक्रमको थियो । यसैका लागि हामीले कार्यक्रमहरुलाई केन्द्रीत गरि अघि बढायौं । विभिन्न राजनीतिक सभा, अन्तरक्रिया कार्यक्रम, जनसेवाका कार्यक्रमहरु ग¥यौं । यसरी कार्यक्रम गरिरहँदा हाम्रो गतिविधिहरु खुल्लमखुल्ला नै थियो । कतै यो खालको खुल्ला गतिविधिले हाम्रो सुरक्षामा खतरा निम्तीन सक्ने कुरातर्फ पनि हाम्रोबीचमा छलफल चलिरहन्थ्यो । हामीले हाम्रो सुरक्षाका लागि पच्चोरघाट र दोलालघाट दुवै नाकाहरुमा एम्बुस टोली राखेका थियौं । तर ती एम्बुसहरुले दिउसोमात्रै ड्यूटि गरिरहँदा कतै दुश्मन राति छिर्नसक्ने खतरा थियो । तर पनि दुश्मन कोसीपारी क्षेत्रमा प्रवेश नगरेको धेरै भएको थियो । यसरी हामी त्यस क्षेत्रमा करिब एक महिना लामो अभियानमा रहयौं । यहाँ रहँदै गर्दा जिल्ला एचक्यू (हेडक्वाटर) बाट हामी केही साथीहरुलाई बोलाइएको सूचना प्राप्त भयो र हामी एचक्यूको सम्पर्कमा रामेछापको दर्गामा पुग्यौ । त्यहाँ क. ललितसँग भेट भएपछि हामी दोलखाको विगु भेलामा लाग्यौ । त्यहाँ ५ दिन लामो भेला तथा प्रशिक्षण गरि जिल्ला फर्किदै गर्दा २०६२ सला जेठ १९ गते बिहान दोलखाको मैनापोखरी आइपुग्दा रेडियो नेपालबाट क. धावा लामा ‘विश्व’को सहादतको खबर सुन्यौं । सुरुमा पत्याउनै गाह्रो भयो । हामी सबैको हातखुट्टा खत्रक्खुत्रुक्क गल्यो । आन्तरिक सञ्चारबाट घटना यथार्थ रहेको जानकारी पनि प्राप्त भयो । क. पुष्प लगायतका कमरेडहरुको सहादतले छियाछिया हामीहरुलाई फेरि क. धावा लामा ‘विश्व’को सहादतले घायल बनायो । क. धावा लामा, ‘विश्व’, क. सञ्जीव लामा र क. रामशरणको आन्तरिक दुर्घटनामा परि सहादत भएको स्थान सिमथली पुगेर फर्किने क्रममा चौवास बजार नजिकैको जंगलमा बसमा खान्तलासी गरि सेनाले पक्राउ गरि हत्या गरेको रहेछ । यसरी क. धावा लामा ‘विश्व’लाई हामी बीचबाट दुश्मनले २०६२ साल जेठ १८ गते दिउसो ४ बजे सदाका लागि चुडिलग्यो । क. धावा लामा ‘विश्व’सँग पछिल्ला दिनहरुमा जिल्ला कमिटीको काम, बैठकहरुमा भाग लिने अवसर मिलेको थियो । ती बैठकहरुमा पार्टीलाई माथि उठाउन वैचारिक र राजनीतिक रुपमा पार्टी कमिटीभित्र अन्तरविरोधहरुलाई सञ्चालन गर्दै पार्टीलाई एकताबद्ध बनाउन उहाँले अत्यन्तै मेहनत गर्नुहुन्थ्यो । सबैलाई अभिभावकको भूमिका निर्वाह गर्दै लैजाने क्षमताको विकास भइरहेको थियो । यसले उहाँबाट असल नेतृत्व पाउने आशा हामीले लिएका थियौं । तर ती आशालाई दुश्मनले अपुरो बनाइदियो । हाम्रो सामु कहिल्यै पनि नफर्कने गरि दुश्मनले उहाँलाई हत्या ग¥यो । जुन दिन हामी दोलखा जानका लागि चौरीदेउरालीबाट छुटेका थियौं, त्यही भेट नै हाम्रो अन्तिम भेट भयो, क. विश्वसँग ।
मैले उहाँलाई भनेको थिएँ । यहाँ चलायमान किसिमले गतिविधि सञ्चालन गर्नुपर्छ । एक दुई दिन गतिविधि गर्ने र फेरि विकेन्द्रीत हुने । नेतृत्वको सुरक्षामा अलि दुश्साहस गर्नाले उहाँको सुरक्षा हुन सकेन । चौरी एरियामा रहनुहुने साथीहरुले पहिल्यै सूचना पाएको भन्ने पनि थियो । तर सञ्चारको चुस्तता नहुँनाले नेतृत्वलाई जोगाउन नसकिएको जिल्लाको निष्कर्ष थियो । हामी विगु लाग्दा क. धावा लामा ‘विश्व’लाई जिल्लाको सम्पूर्ण जिम्मेवारी, सम्पूर्ण कार्यभार सुम्पिएर जानु भएको थियो क.ललितले । त्यसदिन क. धावा लामा ‘विश्व’ सिमथली दुर्घटना स्थल पुगेर क. सञ्जीव र रामशरणको शरीरलाई श्रद्धाञ्जली दिएर फर्किनु भएको थियो । क. धावा लामा ‘विश्व’ले रामेछापको जनयुद्धको प्रक्रियामा सुरुवातिका दिनदेखि नै पूर्णकालिन भएर काम गर्नुभयो । रामेछाप बेथानको एक सामान्य किसान परिवारमा जन्मिएर मुलुकको परिवर्तनका निम्ती आफ्ना निजी जिन्दगी त्याग्दै मुक्ति अभियानमा लामबद्ध क. धावा लामा ‘विश्व’ले पार्टी एरियादेखि जिल्ला तहसम्मको नेतृत्व विकास गरिरहनु भएको थियो । जनयुद्धका क्रममा पार्टी भूलोगदेखि सैन्य फर्मेशनसम्म काम गर्नुभएको थियो । राजनीतिक र फौजी दुवै ज्ञानले भरिपूर्ण कमरेड विश्व एक परिपक्व नेतृत्वको रुपमा हुनुहुन्थ्यो । कहिले उहाँले वैधानिक किसान मोर्चाको समेत नेतृत्व गर्नुभयो भने जनयुद्धको सुरुवाती मोर्चा ऐतिहारिक बेथान मोर्चामा पनि सहभागि हुनुभएको थियो । त्यसपछिका पूर्वका सफल मोर्चाहरु काभ्रेसको फलाटे चौकी, काभ्रेकै भिमखोरी चौकी, दोलखाको मेलुङ्ग चौकी र मैनापोखरी चौकी, सिन्धुपाल्चोकको ठोकर्पा चौकी र रामेछापको दोरम्बा लगायतका चौकीहरु आक्रमणमा सहभागि हुनुभएको थियो । यसरी रामेछापको जनयुद्धका एक क्रान्तिकारी नेतृत्वको हत्याले सिंगो रामेछाप शोकाकुल बन्यो । दोरम्बा हत्याकाण्डले टुक्रिएका रामेछापेली जनसमुदायको मुटुलाई फेरि चौबास हत्याकाण्डाले छियाछिया पा¥यो । टुक्रिएका मनहरुलाई सम्हाल्दै महान् शहीदहरुले छोडिगएका बाँकी क्रान्तिको कार्यभार, शोकलाई क्रान्तिमा बदल्दै जनयुद्धको मोर्चामा हामी डटिरहयौं । वीर शहीद क. विश्व तपाइको अधुरा सपनाहरुलाई पूरा गर्न हामी निरन्तर लागिरहेका छौं । आज तपाईको सहादत भएको १५ वर्ष पूरा भएको छ । यहाँसम्म आइपुग्दा देशले नयाँ राजनीतिक मार्गमा प्रवेश गरिसकेको छ । जसमा तपाईको अमूल्य योगदान रहेको कुरा हामी कहिल्यै विर्सन सक्दैनौं । मेरो तपाइसँगका ती राजनीतिक यात्राका पलहरु सँधै सम्झिरहने छु । वीर शहीद क. धावा लामा ‘विश्व’ अमर रहुन् । यहाँप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु ।
(लेखकः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापका नेता हुनुहुन्छ ।)