Hamro-Mobile-APP

के नेता बन्ने हो ?

 बुधबार, जेष्ठ २१, २०७७ | onlinenews

नवीन लामा


आज हाम्रो देशमा सबभन्दा दुर्नाम भएको छ भने राजनीति भएको छ । देश लथालिङ्ग छ । चारैतिर व्यापक निराशा छाएको छ । उत्साह उमंग र उल्लास दन्तेकथा भैहाले । त्यो कुन चराको नाम हो । त्यो मान्छेले बिर्सिसके । दुनियाँ मंगल ग्रहको बिचरण गर्न पुगिसके । कुन दिन कुन चाहिँ देशले चन्द्रमामा मुला सपारेको खबर आउन बेर छैन । तर, नत हाम्रो गाउमा परिवर्तन छ, नत शहरमा । हो केही नभएका हैनन् भएका छ्न तर मुख्य कुरो के हो भने जति हुनुपर्ने त्यो भन्दा बढी विध्वास भएका छन । उदाहरण हाम्रो सडकहरुलाइ हेर्नुस । बाटो जहाँतही पुगेका छन तर त्यसले पु¥याएको पर्यावरणीय क्षेति र बजेटको दुरुपयोग भष्स्यिमा कति महङ्गो होला ? विकासको नाममा भैरहेको यो बिनास भोलिको लागि कति घातक होला ?
हाम्रो शिक्षा क्षेत्रमा पनि यस्तै हालत छ । शैक्षिक संस्थानहरु गफाडी उत्पादन गर्ने नर्सरी जस्तो भएका छन् । हाम्रा सामाजिक, साँस्कृतिक क्षेत्रमा पनि उस्तै हालत छ । आज २१ औं शताब्ीको युगमा पनि हामी जातीय विभेदको कुरा गर्न विवास छांै । समयको गतिशीलतासँग हाम्रो समाजमा स्थापित मूल्यामान्याताको स्खलन र नयाँ मूल्या मान्यताको निर्माण गर्न सकेनौ । यस्ता कुराले हाम्रो समाजलाई बाँधिराखेको छ । हाम्रो आन्तरिक आर्थिक उत्पादन करिब स्वाहा भए । हाम्रा खेतीयोग्य जमिन पुरै नकाम भए । हाम्रा युबा शक्ति अरबमा ओइरिए । यस्तो परिस्थितिमा छौ हामी । आज हामी जहाँ छौं, त्यो विविध कारणले भएको हुन सक्छ । तर राजनीतिले सबै क्षेत्रमा सरोकार राख्ने भएकोले राजनीति बदनाम भएपछि अरु क्षेत्रमा नाम कसरी होला । आफैमा आश्चर्यको बिषय हुनै सक्दैन ।
तर पनि राजनीतिक पार्टीहरु छन् चलिरहेका छन । सायद अचेल राजनीति सेवा भन्दा व्यापार भएको कारण त्यसमा एउटा खास पक्तिंको लगाब पनि ह्वात्तै बढेको छ । हो जनतालाई राजनीति भनेपछि उल्टि आउने अवस्थ छ । तर पनि एउटा तप्कालाइ भने यसप्रकारको अतिसयोक्तिपूर्ण लगाबले गाजेको छ । छटपटी छ अधैर्यता छ । हुटहुटी छ कि कसरी नेता बनुम कहिले नेता बनुम ? मान्छे फकाउदै हिडेको देख्छु । ख्वाउदै हिडेको देख्छु । पानी बराबर पैसा खर्च गर्दै हिडेको देख्छु । लाठेहरु लिएर हिडेको देख्छु । रोइरहेको देख्छु कराइरहेको देख्छु । घुर्की लडाइरहेको देख्छु । उफ्रिरहेको देख्छु । तर पनि नेता हुन्न । असक्षम, सक्षम जोतिरहेको अवस्था छ । हुनुपर्ने केही हुन्न । यावत कुराहरु छन । तर नेता हुने कसरी ?

अब नेता हुन्छ चाहिँ कसरी ?
दौडेर हिडेर नेता हुने भए बिहान जकिङ्ग गर्नेहरु नेता हुनु पर्ने । पाखुरा ठूलो भएर नेता भए बडिबिल्डर्शहरु नेता हुनु पर्ने । पैसा भएर नेता हुनेभए काठमाडौको नेवारहरु सबै नेता हुनु पर्ने । फेसबुकमा हल्ला गरेर लेखेर नेता हुने भए मकुन्दे नेता हुनु पर्ने । किताब लेखेर नेता हुनेभए लेखकहरु नेता हुनु पर्ने । मान्छेलाई ख्वाएर नेता हुने भए मारवाडिहरु नेता हुनु पर्ने, भएनन । यसको मतलब यो हुन आउँछ कि ती तमाम कर्म नेता वा नेतृत्व हासिल गर्ने मार्ग हैनन । तर पनि मान्छेहरु यहि गल्ती गरिरहेका छन र आपूmलाई अनान्द, तनाब र दःुखतिर धकेलिरहेका छन ।
नेता हुन पैसा चाहिन्छ भन्ने जाताततै सुनिन्छ ?
हो त ? मैले करिब ४८, ४९ तिर नै पत्रिकामा गिरिजाप्रसाद कोइरालाको थोरै आत्मकथा पढ्ने अबसर पाएको थिए । त्यो उहाँको सस्मरणले मलाइ यति प्रभावित बनाइदियो कि कुरा नगरौ । हुनत म खुंखार कम्युनिष्ट थिए । त्यो संस्मरणमा के लेखिएको थियो भने जब गिरिजाप्रसाद कोइराला लगायत उहाँहरु सानै थिए । बुवा कृष्णा प्रासादले पढ्ने अलवा मनोरञ्जनका कुनै पनि कुरामा बर्जित गरेको रहेछ । उहाँहरुको घरमा सँधै आउजाउ गर्ने एउटा हाजी साहब भन्ने मान्छे रहेछ । त्यो मान्छे सफा कुर्था सुरुवाल लागाएर घोडा चडेर आउने रहेछ । उहाको बुवालाई आवश्यक पर्दा कर्जा पनि दिने रहेछ । त्यसो हँुदा उहाँको बालसुलभ मानस पटलमा यो मान्छे त महान् मान्छे भन्ने लाग्दोरहेछ ।
एकदिन महात्मा गान्धी फर्बिसगन्जमा आउने भएछ । कृष्णप्रासाद कोइरालाले उहाँहरुलाई त्यो कार्याक्रममा जानै पर्छ भनेर उर्दि नै लाउनु भएछ । उ बेला बरु भगवानको वचन हार्न सक्ने पिताश्रीको आदेश उलंघन गर्ने अबसर कहाँ थियो र ? उहाँहरु फर्बिसगन्ज जानुभए छ । जब कार्यक्रम शुरु हुँदै थियो मञ्चमा एउटा अर्धनग्न मान्छे आएर बसेछ । जसको छेउमा चर्ख राखिएको रहेछ । अब कार्यक्रम चल्दै गयो । त्यही समय घोडा चडेर हाजी साब पनि आइपुगे छन् । छेवैको गाछिमा घोडा बाधेर महान् र ठूलो सोचेको मान्छे त गिरिजा प्रसादको नै छेउमा आएर पो बसेछन् । गिरिजाप्रसाद कोइरालाको दिमाग घुमेछ । घोडा चड्ने सफा कुर्था सुरुवाल हातमा औँठी र गलामा सुनको सिक्री लाउने मान्छे आफ्नो छेउमा आएर बस्छ । महात्मा गान्धी भनेर भन्ने मान्छे जोगिको भेष धारण गरेर मञ्चमा छ उदेक ।
के आज मञ्चमा बस्नु पर्ने महात्मा गान्धी गिरिजाप्रसादको छेउमा आएर बसेर, हाजिसाबहरु मञ्चमा बसेर देश र समाज यति लथालिङ्ग बेहाल भएको हो ? आज नेता बन्छु भन्नेले यता पनि ध्यान दिनु जरुरी छ । पैसा राजनीतिमा मात्र हैन । जीवनयापनको हरेक क्षेत्रमा महत्वपूर्ण छ । तर पैसा महत्वपूर्ण होला । पैसा नै राजनीतिमा सबैथोक हुनु हुदैन । सबैलाई जानकारी भएकै कुरा हो । पार्टी कुनै कारखाना वा दुकान त बिल्कुल हुँदैहैन । यदि दुकान वा कारखाना बनाएमा बिल्कुल टिक्दा पनि टिक्दैन । किनभने ब्यापारिले व्यापार आफ्नो नाफाको लागि गर्ने हो, देशलाई महान बनाउन त हुँदैहैन । यसो हुदा जनताको विशाल तप्काले उसको माल किनिरहनु पर्छ भन्ने के छ ? उसको ब्याबसय सपारी रहनु पर्छ भन्ने के छ ?
यसअर्थमा राजनीति र राजनीतिक कर्म एउटा सामाज निर्माणको कलाकारिता हो । एउटा सिपयुक्त मान्छेले एउटा काठको मुडामा मुर्ती बनाउछ । जसको सीप छैन । त्यही मुडा सीप नहुनेले चिरेर बाल्छ । उसको बिकल्प के छ ? तर आजको समस्या के हो भने काठको मुर्ती बनाउने सीप छैन । त्यो शिल्पी आफू सङ्ग छैन । तर मुर्ती बनाउछु भन्छ । हथौड़ा र छिनो लिएर बस्छ । उ जति मुडामा हान्छ । बिग्रीदै जान्छ । जति कोसिस र मेहनत बढ्दै जान्छ त्यति नै बिग्रिदै जान्छ । अन्तिममा त फेरि बाल्ने नै हो । बरु सिधै चिरेर बाले श्रम त खेर जादैन थियो । समयको बर्बाद हुदैन थियो । आज देश र समाजलाई मुडा मान्ने हो र मूर्ख राजनीतिककर्मीलाई फर्जी मुर्तिकार मान्ने हो भने हाम्रो देशको हालत किन यस्तो भयो भन्ने पनि प्रष्ट हुन्छ । तपाईं नेता बन्न के चाहिन्छ भन्ने पनि प्रष्ट हुन्छ ।
अन्तमा, राजनीतिलाई नीतिहरुको पिता मानिन्छ । नीतिहरुको पिताको मतलब नीतिहरुको नेता भनेको होला । नेता भनेको मान्छेको नेता भनेको होला कि जनवारको भनेको हो ? पाच सय बाख्रा चराउन सजिलो छ तर आफै जस्तो हजारौ मान्छे चराउन पैसा मात्र भएर नि भएन, पहलमान भएर मात्र भएर नि भएन । गाडीमा, हेलिकप्टर, पैदल कुदेर नि भएन । निरन्तर बग्ने खोलाले मात्र आफ्नो बाटो बनाउन सक्छ । धर्तीजस्तो छातिले मात्र सबै समेट्न सक्छ । फुलले मात्र सुवास दिन सक्छ । सुर्यजस्तो न्यायप्रिय हुन सक्नुपर्छ । जब सुर्य उदाउछ त्यो फुलको लागि मात्र उदाउदैन त्यो फोहोरमा पनि फुल्छ । उसको न्यानोपन सबैको लागि हुन्छ । कसैको लागि धेरै कसैको लागि थोरै हुन्न । पहाड जस्तो अठोट र ज्वालामुखी जस्तो सङकल्प हुनु पर्छ । यसबाहेक उसँग समाज बनाउने प्रचुर सीप हुनै पर्यो । नभए ससुराली गएको जस्तो गरेर अनि देश पनि हेर्ने मुख पनि फेर्ने भने जस्तो गरेर नेता कहाँ हुन्छ ? पशुपति जाने सिद्राको व्यापार गरेर कहाँ नेता बन्छ ? दायाँ हातले लिने बायाँ हातले लुटेर कहा नेता हुन्छ ? जाड र रक्सिको लागि हिडेर कहाँ नेता हुन्छ ? आपूmलाई ओहो ठूलो भो मत भनेर कहाँ नेता हुन्छ ? नेता भनेको इस्वरत्वलाई वास्ताविक जिबनमा अनुवाद गर्नु हो । नभए किन समय बर्बाद गर्नु ?
आज जो देश डढाएर समाजलाई खोलामा बगाएर यत्रो रुवाबासी चलाएर आपूmलाई नेता हँु भनेर हिडिरहेका छन् त्यो उसको पागलपन त हुँदै हो । उसको आत्मरती केबल मुतको न्यानो सिवाय केही हैन । भविस्यमा बराजु सम्झिने गरि सजाय पाउनेछन । ढिलो होला चाडो होला । के हामी यो देशमा यस्तो दश, बिश नेता जन्माउन सकौला ?
(लेखकः नेपाली काँग्रेस जिल्ला कार्यासमिति रामेछापको आमन्त्रीत सदस्य हुन्)

प्रतिकृया

Add