Hamro-Mobile-APP

दोषिलाई कारबाहीको माग गर्दै नेविसंघद्धारा मृतकको सम्झनामा दीप प्रज्ज्वलन

 आइतवार, जेष्ठ २५, २०७७ | onlinenews

२५ जेठ, काठमाडौं– नेपाल विद्यार्थी संघले सेती घटनाका दोषिलाई कारबाहीको माग गर्दै ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरेको छ ।
काठमाडौंको माइतीघर मण्डलामा पश्चिम रुकुमको सोती घटनामा ज्यान गुमाएकाहरुको आत्मा शान्तिका लागि दीप प्रज्वलन गरिएको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रत्नहरी ढुङ्गेलले जानकारी दिए ।
घटनाका दोषीलाई राज्यले नै उन्मुक्ति दिन खोजेको भन्दै यस्ता जघन्य अपरधीलाई कडा कारबाही माग गर्दै दीप प्रज्ज्वलन गरिएको ढुङ्गेलले बताए ।


दीप प्रज्वलन कार्यक्रममा नेपाल काँग्रेस जाजरकोटका नेता तथा संविधानसभा सदस्इ राजीवविक्रम शाहले सरकार र नेकपा नेताहरुले यो घटनालाई तोडमोड गरि दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउदै घटनामा संलग्न सबैलाई सजाय दिलाउन आपूm सम्पूर्ण तवरले लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
नेविसंघ महामन्त्री पाण्डेले घटनामा संलग्न जुनसुकै जाति, पार्टी, समुदायको भए पनि कानुनी कार्वाही हुनु पर्ने बताए । कुनै पनि बहानामा अपराधीहरूले उन्मुक्ति पाउनु हुँदैन । यो घटना कानुन र मानव जातिकै बिरूद्धको अपराध हो, यस घटनालाई तोडमोड गर्ने र अपराधी जोगाउने दुष्कर्म नगर्न सत्ताधारी सबैलाई चेतावनी दिन चाहन्छौ उनले भने ।


राष्ट्रिय दलित आयोगका पुर्व सदस्य ताम्राकारले सरकारले पीडितलाई न्याय र पीडकलाई दण्ड नदिइए न्यायको लागि अन्तर्राष्ट्रिय अदालतसम्म जान पनि आपूmहरु तयार रहेको बताए ।
यस्तै नेपाल दलित विद्यार्थी संघका अध्यक्ष बिकले अब न्यायका लागि देशभरका ५२ लाख दलित उठ्नुपर्ने बेला आएको र यो घटना सिङ्गे मानवता माथिको प्रहारको रुपमा आपूmहरुले लिएको बताए ।

प्रतिकृया

Add