Hamro-Mobile-APP

नव गठीत राप्रपाको केन्द्रीय समितिमा ढुङ्गेलसहित रामेछापका ७ जना

 शुक्रबार, जेष्ठ ३०, २०७७ | onlinenews

सन्तोष ढुङ्गेल


३० जेठ, रामेछाप– नव गठीत राप्रपाको केन्द्रिय समिति सदस्यमा रामेछापबाट मनोज ढुङ्गेल सहित ७ जना मनोनीत भएका छन । जसमा प्रदेशसभा सदस्य रिता माझी, नवराज सुवेदी, आङछिरिङ शेर्पा, दालकुमारी सुनुवार, लालध्वज लामा, आङनिमा शेर्पा र सरस्वती श्रेष्ठ रहेका छन ।
ढुङ्गेल पूर्व विज्ञान तथा प्राविधि राज्यमन्त्री स्वर्गीय इन्द्रप्रसाद ढुङ्गेलका कान्छा छोरा हुन् । उनी २०४४ सालमा शंकरदेव क्याम्पमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेविसंघबाट सदस्यमा निर्वाचित भएका थिए । यसअघि पनि आमन्त्रित केन्द्रिय सदस्य रहेका ढुङ्गेल नवगठित राप्रपाको पनि केन्द्रिय सदस्यमा मनोनीत भएका हुन् ।
यस्तै नवराज सुवेदी पञ्चायतकालका राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत भैसकेका ब्यक्ति हन् । दालकुमारी सुनुवार पनि राप्रपाबाटै संविधानसभा सदस्य भैसकेकी छन । यस्तै रिता माझी बहालवाला प्रदेश सभा सदस्य हुन । उनी कमल थापा नेतृत्वको राप्रपा नेपालबाट समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी हुन् भने आङछिरिङ शेर्पा, लालध्वज लामा र आङनिमा शेर्पा राप्रपामा सुरुदेखिनै सक्रिय र पुराना नेता हुन । त्यस्तै सरस्वती श्रेष्ठ सक्रिय महिला नेतृ हुन् ।
नवगठित राप्रपाको केन्द्रिय समिति ३ सय २६ जना रहेको छ भने अध्यक्षमा पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापा रहेको नवनियुक्त केन्द्रिय सदस्य मनोज ढुङ्गेलले जानकारी दिएका छन् ।

प्रतिकृया

Add