Hamro-Mobile-APP

रामेछापमा दुई जनामा कोरोना पुष्टि

 आइतवार, जेष्ठ ३२, २०७७ | onlinenews

३२ जेठ, रामेछाप– रामेछाप जिल्लामा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । लिखु तामाकोसी गाउँपालिका–३ का २९ वर्षका र मन्थली नगरपालिका–४ का १९ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. जितेन्द्र कर्णले जानकारी दिए ।
योसँगै रामेछाप जिल्लाबाट स्वाव परीक्षण लागि पठाइएकोमा कोरोना संक्रमण हुनेको संख्या १९ पुगेको छ । आइतबारट कोरोना पुष्टि भएका दुईजना क्वारेन्टाइनमै बसेका ब्यक्ति भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

प्रतिकृया

Add