Hamro-Mobile-APP

जन्म दिन पारेर युवा ब्यवसायि चौहानद्धा क्यान्सर पीडित र प्रहरीलाई सहयोग

 बुधबार, असार १०, २०७७ | onlinenews

सन्तोष ढुङ्गेल


१० असार, रामेछाप– युवा ब्यवसायि कमल चौहानले आफ्नो जन्म दिनको अवसर पारेर दोलखाको तामाकोसी गाउँपालिका भिरकोटका एक जना क्यान्सर पीडितलाई नगद तथा प्रहरीलाई मास्क सहयोग गरेका छन् ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ फुलासीका चौहानले दोलखाको तामाकोसी गाउँपालिका भिरकोटका १ जना क्यान्सर पीडितलाई नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् ।


चौहानले जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखालाई एन ९५ मास्क प्रदान गरेका छन् । त्यसैगरी उनले आफ्नो जन्म दिनको अवसर पारेर गौरिशंकर बालगृहका अनाथ बालबालिकालाई खाद्यन्न तथा खेलकुद सामग्री पनि प्रदान गरेका छन् । सफल ब्यवसायि चौहान विगत २० बर्षदेखि दोलखा जिल्लामा ब्यापार ब्यवसाय सञ्चालन गर्दै आएका छन । चौहानले विभिन्न सामाजिक कार्यहरुमा पनि सहयोग गर्दै आएका छन् ।

प्रतिकृया

Add