Hamro-Mobile-APP

छुरा प्रहार गरि १ को हत्या, २ घाइते

 मङ्लबार, असार ३०, २०७७ | onlinenews

३० असार, रामेछाप– रामेछापको मन्थली नगरपालिका–२, कठजोरमा गय राति छुरा प्रहार गरी १ जनाको हत्या गरिएको छ । दिलबहादर श्रेष्ठले छुरा प्रहार गरि विनोदकुमार श्रेष्ठको हत्या गरेका हुन् ।
गाउँमा झारफुक गराएर घर फर्कने क्रममा ६२ वर्षीय विनोदकुमार श्रेष्ठलाई बाटो ढुकेर बसेका स्थानीय ५० वर्षीय दिलबहादुरले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
कोखमा छुरा लागेर गम्भीर घाइते भएका श्रेष्ठको तामाकोसी अस्पताल मन्थलीमा उपचारको क्रममा मत्यु भएको हो । छुरा प्रहारबाट अन्य २ जना घाइते भएका छन् ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका अर्का ३५ वर्षीय नारायण श्रेष्ठलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर लगिएको छ । घटनामा २५ वर्षीय प्रेमबहादुर श्रेष्ठ सामान्य घाइते भएका छन् ।
अपराधमा सम्लग्न दिलबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बताएका छन् ।

प्रतिकृया

Add