Hamro-Mobile-APP

जिल्ला सामुदायिक आँखा केन्द्रबाट ८० हजार विरामीले सेवा लिए

 बुधबार, साउन १४, २०७७ | onlinenews

१५ साउन, रामेछाप–जिल्लामा पछिल्लो समय आँखाको विरामी बढेका छन् । जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीमा लकडाउनको अवधिमा मात्रै ६ सय ९० जनाले आँखा जाँच गराएका छन् भने १ सय ५० जनाले चस्माको प्रयोग र ६१ जनाको सामान्य सल्यक्रिया गरिएको छ ।
लकडाउनको समयमा आँखाको सामान्य समस्याहरुको बारेमा फोन र सामाजिक सञ्जालको माध्यमबाट पनि परामर्श दिइएको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीले जनाएको छ । लकडाउनको अवधिमा आएका तत्कालै सल्यक्रिया गर्नुपर्ने विरामीलाई जिल्ला सामुदायिक आँखा केन्द्रको समन्वयमा तिलगंगा आँखा प्रतिष्ठानमा पठाएर सल्यक्रिया गरिएको र तत्कालै सल्यक्रिया गरिहाल्नु नपर्नेे विरामीहरुको लगबुक बनाएर राखिएको पनि आँखा केन्द्रले जानकारी दिएको छ ।

 
लगबुक राखिएका विरामीहरुको लागि उपयुक्त समय मिलाएर सल्यक्रिया गराइने पनि आँखा केन्द्रले जानकारी दिएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंले आफ्नो शाखाको रुपमा सन २००१ मा रामेछापको सदरमुकाम मन्थलीमा स्थापना गरेको जिल्ला सामुदायिक आँखा केन्द्रबाट अहिलेसम्म ८० हजार विरामीले सेवा लिएको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीका प्रमुख बासुदेव अधिकारीले बताए ।
सेवा लिने आँखा विरामीको यो संख्या रामेछाप जिल्लाको मन्थली भन्दा बाहिर तथा अन्य जिल्लामा गएर दिइएको सेवा बाहेक हो । आँखा केन्द्र स्थापना भएयता समग्रमा जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली मार्फत एक लाख भन्दा बढीले आँखा उपचार सेवा लिइसकेको अधिकारीले बताए ।
जिल्ला सामुदायिक आँखा केन्द्र मार्फत, चस्मा, आँखामा मासु पलाएको, मोतियाविन्दु लगायतको उपचार तथा सल्यक्रिया गरिदै आएको छ । गाउँगाउँमा शिविर सञ्चालन गरि मोतियाविन्दुको पहिचान भएका विरामीहरुको लागि सदरमुकाममा सल्यक्रिया शिविर सञ्चालन गरिर्दै आएको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीका प्रमुख अधिकारीले बताए ।


मोतियाविन्दुको सल्यक्रियाको लागि काठमाडौंबाट आँखा विशेषज्ञ चिकित्सकहरु झिकाउने गरिएको छ । मोतियाविन्दूका विरामीहरुको संख्याको आधारमा गाउँगाउँमै पनि सल्यक्रिया शिविर सञ्चालन गर्ने गरिएको उनले बताए ।
धुलो, धुँवा र विद्युतको प्रयोग हुने फर्निचर, ग्रिल कारखाना जस्ता उद्योगहरु बढेसँगै पछिल्लो समय आँखा विरामीको संख्या पनि बढेको बताइन्छ । जिल्लामा मोतियाविन्दु र चस्मा प्रयोग गर्नुपर्ने विरामीको संख्या निकैनै बढेको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीको भनाई छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ३० देखि ४० जनासम्म आँखा जाँच गराउन आउने गरेका छन् ।
तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा जिल्ला सामुदायिक आँखा केन्द्रले एक पालिका एक ग्रामिण आँखा केन्द्रको उद्देश्य अनुरुप, रामेछापको खाँडादेवि गाउँपालिका, सिन्धुली जिल्लाको फिकल गाउँपालिका र सिन्धुलीको खुर्कोटमा रहेको सुनकोसी अस्पतालमा ग्रामिण आँखा केन्द्र सञ्चालनमा ल्याएको छ ।


नगरपालिका तथा गाउँपालिकाहरुको केन्द्रमा ग्रामिण आँखा केन्द्र सञ्चालनको लागि तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रले पहल गरिरहेको पनि अधिकारीले जानकारी दिए । आँखाको उपचार सेवालाई अब सदरमुकाम केन्द्रीत नभई गाउँगाउँमा पु¥याउन जरुरी रहेको आँखा केन्द्र मन्थलीका प्रमुख अधिकारीले बताए ।
आँखा जचाउन धेरैजसो मानिसहरु जिल्लाको दूर्गम ठाउँबाट आउने गरेका छन् । आँखाको समान्य उपचारको लागि एक हजार रुपैयाँ गाडी भाडा तिर आउनुपर्ने अवस्था छ, आर्थिक अवस्था नाजुक भएका मानिसहरु आँखा उपचारको लागि मन्थलीसम्म आउन सक्ने अवस्था नभएकाले अब आँखाको उपचार सेवालाई गाउँगाउँमा लैजानु आवश्यक रहेको अधिकारीको भनाई छ ।
ग्रामिण आँखा केन्द्र स्थापनाको लागि स्थानीय सरकारले सहयोग गरेमा सम्भव रहेको पनि अधिकारीले बताए । जिल्ला सामुदायिक आँखा केन्द्रलाई सहयोग गर्दै आएका सहयोगि दाताहरुले पनि हात झिक्दै गएकाले सामुदायिक आँखा केन्द्र अब आफै आत्मनिर्भर बन्नुपर्ने अवस्था आएको अधिकारीले बताए । आँखा केन्द्रलाई बचाई राख्नको लागि पनि स्थानीय सरकारको सहयोग आवश्यक रहेको उनको भनाई छ ।
जिल्ला सामुदायिक आँखा केन्द्रमा सल्यक्रियाको लागि उपकरण र जनशक्ति रहेको तर भवनको अभावमा सल्यक्रिया सेवा सञ्चालन गर्न नसकिएको अधिकारीले बताए । भवन निर्माण गरि सर्जिकल ब्यवस्था गर्न सकिएमा रामेछापका मानिसहरु कसैले पनि आँखाको उपचार सेवाबाट बञ्चित हुनु नपर्ने अधिकारीको भनाई छ । साथै भवनको ब्यवस्था गर्न सकिएमा मन्थलीलाई दोलखा, सिन्धुली र ओखलढुङ्गा जिल्लाको रेफरल सेन्टरको रुपमा विकास गर्न सकिने बताए ।
सिन्धुली, दोलखा, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको समेत गाउँगाउँमा पुगेर आँखा उपचार सेवा दिदैं आएको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीले आँखाको सल्यक्रिया गर्नुपर्ने आर्थिक अवस्था कम्जोर भएका विरामीलाई निःशूल्क सल्यक्रिया समेत गराउँदै आएको छ ।

प्रतिकृया

Add