Hamro-Mobile-APP

निषेधाज्ञा उल्लंघन गर्ने सवारी प्रहरी नियन्त्रणमा

 बिहिबार, भदौ ११, २०७७ | onlinenews

९ भदौं, रामेछाप– कोरोनाभाइरसको संक्रमणलाई समुदाय स्तरमा फैलिन नदिने उद्देश्यले रामेछापमा निषेधाज्ञालाई थप कडाई गरिएको छ । देशैभरी कोरोनाभाइरसको संक्रमित बढिरहेका बेला रामेछाप जिल्ला पनि निषेधाज्ञालाई कडाई गरिएको हो ।
अनावश्यक रुपमा गुड्ने सवारीका साधनहरु प्रहरीले नियन्त्रणमा लिएर कारबाही थालेको छ । मंगलबार बिहानै सदरमुकाम मन्थलीमा विनापास तथा अनावश्यक चलाइएका करिब १ सय वटा मोटरसाइकलाई प्रहरीले नियन्त्रण लिएर भोलीदेखि अनावश्यक नहिड्ने सर्तमा ११ बजेपछि छोडिदिएको थियो ।


निषेधाज्ञाको वेवास्ता गर्दै मोटरसाइकलहरु अनावश्यक रुपमा हिडेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले अनावश्यक हिडेका मोटरसाइकल तथा अन्य सवारीका साधनहरुलाई नियन्त्रणमा लिएको हो ।
अनावश्यक हिड्ने मोटरसाइकललाई मंगलबार सम्झाएर दिनको ११ बजेपछि छोडिएको र बिधुबारदेखि अनावश्यक र पासविना हिड्ने मोटरसाइकललाई १ हजार ५ सय रुपैयाँ जरिवाना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले जानकारी दिए ।

प्रतिकृया

Add