कम्युनिष्टको झण्डामुनी बसेर कम्युनिष्ट विरोधी गतिविधि गर्ने मुर्दावाद: पौडेल
बुधबार, माघ ७, २०७७
२५ भाद्र, रामेछाप– जननायक बीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसर पारेर रामेछाप बीपी कोइराला प्रतिष्ठानले प्रजातान्त्रिक योद्धा शिव कंगाललाई आर्थिक सहयोग गरेको छ ।
बुधबार भक्तपुरको कौशलटारस्थित कंगालको डेरामा पुगेर १५ हजार १ सय रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको प्रतिष्ठानका कोषाध्यक्ष जीवन कार्कीले जानकारी दिए । “प्रजातान्त्रिक आन्दोलनमा लामो समय जेल र प्रवास जीवन बिताएका कंगालको आर्थिक अवस्था दयनीय” भएकोले बिपीको जन्मजयन्तीको दिन पारेर उनलाई आर्थिक सहयोग गरिएको प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खड्काले बताए ।
जसका योगदानले मुलुकमा ठूला ठूला परिवर्तन भयो उहाँहरुकै अवस्था दयनीय हुनु दुःखद छ प्रतिष्ठानका अध्यक्ष खड्काले भने । कालो सिसाभित्र सयर गर्ने आलिशान बंगलाका मालिक सम्माननीय, माननीयहरुले विगत भुल्दा देशभरका योद्धाहरुको ठूलो अपमान भएकाले हामी शिव कंगाललाई सम्झेर उहाँकै डेरामा पुगेका हौं खड्काको भनाई छ ।
कंगाललाई सहयोग गर्न गएका प्रतिष्ठानका प्रतिनिधिहरुलाई कंगालले भने– तपाइहरुले मलाई सम्झेर आउनुभयो यो नै ठूलो ठान्छु । सहयोग लिनै कंगालले भने– देशमा अहिले राजनीति छैन ब्यापर छ, अपार पैसा बटुल्ने ब्यापार नै राजनीति बन्यो, राजनीतिकलाई ब्यापार भन्दामाथि उठाएर समाज सेवासँग जोड्ने दायित्व युवाहरुको काँधमा छ, तपाई युवाहरुले त्यो जिम्मेवारी पूरा गर्नुहुन्छ भन्नेमा मलाई विश्वास छ । युवा पुस्ता राजनीतिक ब्यापारि नबनोस् उनले भने ।
कंगाललाई आर्थिक सहयोग हस्तान्तरण गर्न नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, केन्द्रिय सूचना तथा प्रचार विभाग सदस्य मधुकर खनाल, नेताहरु बिमल वाग्ने , घनश्याम श्रेष्ठ, नारायणकुमार खड्का, प्रतिष्ठानका महासचिव रत्नहरी ढुंगेल, नेविसंघ जिल्ला अध्यक्ष सुशील अधिकारी, कालिञ्चोक फाउन्डेसनका अध्यक्ष दिनेश खड्का लगायत उनको डेरामा पुगेका थिए ।