नेकपा रामेछाप नगर कमिटीको एकजुट भएर अघि बढ्न अपिल
सोमवार, माघ ५, २०७७
तिलक कार्की
३० भदौ, रामेछाप–बाल दिवसको अवसर पारेर सुनापति गाउँपालिका–५ खनियापानीमा विपन्न तथा अशक्त परिवारलाई राहत वितरण गरिएको छ । सुनापति बाल क्लब सञ्जाल, वडाध्यक्ष र साहारा युवा क्लबले शैक्षिक सामाग्री तथा दैनिक उपभोग्य बस्तु सहयोग गरेको हो ।
अशक्त बुबा अनि मानसिक सन्तुलन गुमाएकी आमा सहित ८ जना परिवार सदस्य रहेका हातिखोलाका नरबहादुर श्रेष्ठको परिवारलाई सहयोग गरिएको हो । सुनापति बाल क्लब सञ्जालका सदस्यहरुले व्यक्तिगत रकम जम्मा गरी कपि, कलम, ज्यामिति बक्स, पेन्सिल जस्ता शैक्षिक सामाग्री सहयोग गरेको हो ।
त्यसैगरी ५ नं. वडाका वडाध्यक्ष ठुलोकान्छा तामाङले २ बोरा चामल, साहारा युवा क्लबबाट २ बोरा चामल, १ बोरा चिउरा, १० किलो दाल, ५ केजी मस्यौरा, २ केजी चिनी, २ कार्टुन सावुन, १ कार्टुन खाने तेल, ५ प्याकेट नुन सहयोग गरेका थिए । सुनापति बाल क्लब सञ्जालका राजेश मानन्धरले परिवारको दयनीय अवस्था देखेपछि साहारा युवा क्लबसँग छलफल गरी सहयोग जुटाएको कोषाध्यक्ष राजकुमार मानन्धरले बताए ।