Hamro-Mobile-APP

प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद कार्यक्रमको शुभारम्भ

 आइतवार, मंसिर ७, २०७७ | onlinenews

हेटौँडा– बागमति प्रदेश अन्तर्गत कार्यरत प्रहरी कर्मचारीलाई पेशागत रुपमा जिम्मेवार बनाउन तथा तोकिएको जिम्मेवारी उच्च मनोबलका साथ सम्पादन गर्ने वातावरण सृजना गर्ने उद्धेश्यले प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद कार्यक्रम आइतबारबाट शुभारम्भ गरिएको छ ।
प्रहरी कर्मचारीहरुको गुनासोलाई सम्बोधन गर्न र उचित सुझावहरुलाई कार्यान्वयनमा ल्याउन प्रदेश प्रहरी प्रमुखसंग प्रत्यक्ष टेलीफोन संवाद कार्यक्रम संचालन गर्ने कार्यक्रम आइतबारबाट सुरुवात गरिएको हो ।
कार्यक्षेत्रमा जिम्मेवारीमा खटिएका प्रहरी कर्मचारीहरु आपूmले भोगेका समस्या, चुनौती, पिरमर्का तथा गुनासोका साथै प्रहरी सेवालाई थप प्रभावकारी बनाउन राय सुझाव संकलन गरि उचित सम्बोधनको गर्ने उद्देश्यले प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद कार्यक्रम सञ्चालन गर्न लागिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।
प्रहरी कार्यालय सहयोगीदेखि सिनियर प्रहरी अधिकृतसम्मका प्रहरी कर्मचारीहरुलाई निश्चित समय र बार निर्धारण गरि टेलिफोन संवाद कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यक्षेत्रमा कार्यरत प्रहरी कर्मचारीको क्षमता प्रर्दशनमा मनोबल वा मनस्थितिको प्रमुख भूमिका रहने भएकाले प्रहरी कर्मचारीहरुको मनोबल वा मनस्थितिलाई सकारात्मक बनाउन उनिहरुमा रहेको समस्या वा गुनासोको उचित सम्बोधन हुनु देखिएको प्रहरी कर्मचारीहरुले गुनासो व्यक्त गर्ने सहज पहुँच स्थापित गर्न संवाद कार्यक्रम सञ्चालन गरिएको हो ।
संवाद कार्यक्रमबाट प्रहरी कर्मचारीहरुको गुनासो वा समस्याको सम्बोधन गर्ने मात्र नभई प्रहरी कर्मचारीको कार्य सम्पादनको अवस्थामा सुधारको लागि अपेक्षीत राय सुझाव समेत संकलन गरिने प्रहरी प्रहरी कार्यालयले जनाएको छ ।
कार्य क्षेत्रमा प्रत्यक्षरुपमा खटिएका प्रहरी कर्मचारीले दैनिक भोगिरहेका समस्याको समाधानको लागि आवश्यक सुझाव समेतको जानकारी हुने भएकाले सम्बन्धीत प्रहरी कर्मचारीबाट प्राप्त गुनासो, सल्लाह र सुझाव मार्फत संगठन सुदृढीकरण तथा कार्य सम्पादनको प्रभावकारीतामा अभिबृद्धि गर्न सकिने भएकाले यो कार्यक्रम उपलब्धीमुलक हुने प्रदेश प्रहरी कार्यालयले विश्वस ब्यक्त गरेको छ ।
दर्जागत रुपमा निर्धारण गरिएको समय र बार अनुसार प्रहरी कर्मचारीहरुले आपूmलाई प्रदान गरिएको समयमा प्रदेश प्रहरी प्रमुखको कार्यालयको नम्बर ९८५५०८४४४४ मा सम्पर्क गरि आफ्नो पिरमर्का, गुनासो र सल्लाह सुझाव राख्ने ब्यवस्था गरिएको छ । संवाद कार्यक्रम शनिबार (आजै)बाट कार्यान्वयनमा ल्याइएको छ ।
प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद कार्यक्रमले संगठन बाहिरका व्यक्ति बिषेश मार्फत भनसुन गराउने प्रवृत्तिको अन्त्य हुने प्रदेश प्रहरी कार्यालयले विश्वस लिएको छ ।
कार्यक्रम सञ्चालनका मुख्य उद्देश्यलहरु
– नेतृत्वले प्रहरी कर्मचारीहरुको समस्या सुन्ने, बुझ्ने र तत्कालै उचित सम्बोधन गरी उत्प्रेरणा अभिबृद्धिमा सहयोग गर्ने, संगठन प्रमुखको नीति, योजनालाई कार्यान्वयनमा ल्याउने ।
– प्रदेश प्रहरी प्रमुख समक्ष प्रत्यक्ष संवादको अवसर सृजना गरी कार्य क्षेत्रमा खटिएका प्रहरी कर्मचारीहरुमा सकारात्मक सन्देश प्रवाह गर्ने ।
– गुनासो तथा समस्याको तत्कालै उचित सम्बोधन एवं प्राप्त सान्दर्भिक सुझावहरुको कार्यान्वयनबाट प्रहरी कर्मचारीहरुको मनोबल अभिबृद्धिमा सहयोग प¥याई स्तरीय प्रहरी सेवा प्रवाह हुने अवस्था सृजना गर्ने ।
– बागमती प्रदेश अन्तर्गत रहेका प्रहरी युनिटका प्रहरी प्रमुखहरुलाई कार्यक्रमको सान्दर्भिकता महसुस गराई मातहत प्रहरी कर्मचारीहरुको मनोबल अभिबृद्धिको आवश्यकता महसुस गराउने ।
 सम्पर्क अधिकारी सम्बन्धी व्यवस्था (बैकल्पिक ब्यवस्था)
बिविध कारणले तोकिएको समयमा प्रदेश प्रहरी प्रमुखसंग तत्कालै सम्पर्क गर्न नसकिने अवस्था वा प्रदेश प्रमुखको अनुपस्थिति रहने स्थिति भएमा प्रहरी कर्मचारीहरुले कार्यालयको निमित्त प्रमुख वा प्रदेश प्रहरी प्रमुखले तोकेको प्रहरी अधिकृतसँग टेलिफोन सम्पर्क गर्न सक्नेछन । सो अवस्थामा सम्बन्धित अधिकृतको टेलिफोन नम्बर अग्रिम सूचना सम्प्रेषण गरि सबैलाई जानकारी गराइनेछ ।
प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद कार्यक्रमको लागि प्रहरी कार्यालय सहयोगिदेखि प्रहरी हवल्दारसम्मले शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्म र जुनियर प्रहरी अधिकृतको लागि मंगलबार बिहान ९ बजेदेखि १० बजेसम्मको समय निर्धारण गरिएको छ । सिनियर प्रहरी अधिकृतहरुले भने जुनसुकै समयमा पनि सम्पर्क गर्न सक्ने बागमति प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पुरस्कारको ब्यवस्थाः
हालसम्म उजागर हुन नसकेका गुनासो, जसको सम्बोधनबाट संगठनको छविमा सुधार आउने, प्रहरी कर्मचारीहरुलाई उत्प्रेरीत गर्ने तथा प्रहरी कर्मचारीहरुबीच आपसी सौहाद्र वातावरण सृजना गर्ने प्रकृतिको गुनासो ब्यक्त गर्ने, सल्लाह सुझाव दिने प्रहरी कर्मचारीलाई उचित मूल्यांकन गरि पुरस्कृत गरिने पनि प्रहरी प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया

Add