Hamro-Mobile-APP

सहायक निरीक्षक शिवराज गुरुङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी

 आइतवार, मंसिर ७, २०७७ | onlinenews

हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक शिवराज गुरुङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्य मूल्यांकनको आधारमा प्रहरी सहायक निरीक्षक गुरुङ कार्तिक महिनाको सर्वाेत्कृष्ट प्रदेश प्रहरी घोषित भएका हुन् ।
मकवानपुर जिल्लामा भएका बिभिन्न घटनाहरुको अनुसन्धान, लागु औषधको बरामद तथा फरार प्रतिबादी पक्राउ गर्ने कार्यमा उत्कृष्ट कार्य सम्पादन गरेको लगायतका कार्यहरुको उचित उचित मूल्यांक गर्दै प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनौट समितिले गुरुङलाई महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरि अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत समेत गरिएको छ ।
प्रहरी सहायक निरीक्षक शिबराज गुरुङ सहित कार्तिक महिनामा उत्कृष्ट कार्य गर्ने १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुदिप गिरीले जानकारी दिएका छन् ।

प्रतिकृया

Add