Hamro-Mobile-APP

बैतडीमा जिप दुर्घटना, ५ जनाको मृत्यु, ४ जना घाइते

 मङ्लबार, मंसिर ९, २०७७ | onlinenews

कैलाली–सुदूरपश्चिमको बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना भएको हो ।
दुर्घटनामा दशरथचन्द नगरपालिकाकी ७५ वर्षकी पावर्ती चन्द, ७० बर्षकी पावर्ती चन्द, ७७ वर्षका भागिरथ पाण्डेय, ५८ वर्षीय कृष्ण लावड र सुर्नया गाउँपालिकाकी ७५ बर्षकी कलावती चन्दको घटना स्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
भारतबाट पेन्सन बुझेर फर्किएका भारतीय भूपू सैनिक परिवार चढेको जिप मंगलबार दिउँसो १ बजे दुर्घटनामा परेको हो । जिपमा ९ जना सवार थिए । घाइते ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको छ ।

प्रतिकृया

Add