Hamro-Mobile-APP

हिजो कम्युनिष्ट लाल थिए, कम्युनिष्ट भइयो, आज कम्युनिष्ट दलाल भए काँग्रस भइयो

 बिहिबार, पुस ९, २०७७ | onlinenews

रामेछाप– नेकपा परित्याग गरि रामेछापको खाँडादेवि गाउँपालिका–५ पकरवासका २०७० को निर्वाचनमा शिवसेनाको नेपालको तर्फबाट उम्मेदवारी दिएका रोशन बुढाथोकीको नेतृत्वमा ५१ जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।
नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेल र विशिष्ट अतिथि नेपाली काँग्रेस रामेछापका सभापति लबश्री न्यौपाने र रामचन्द्र खड्काले नेपाली काँग्रेसमा पार्टीमा स्वागत गर्दै शुभकामना दिएका थिए ।
नेपाली काँग्रेसमा प्रवेश गर्नेहरु रोशन बुडाथोकी, कृष्णहरि खड्का, अमित कार्की, हेम बहादुर कार्की, तुलाबहादुर कार्की, अनिल थापामगर, कृष्ण श्रेष्ठ, मोहनकुमार भण्डारी, राजन भण्डारी, रुपेश भण्डारी, पदमबहादुर मोक्तान, पाशङ लामा, मोति घिसिङ, शन्देश लामा, गोपी खत्री, जीवन श्रेष्ठ, मिलन श्रेष्ठ, रोज बहादुर लामा, प्रकाश थापा, शुजन मोक्तान, सागर योण्जन, सुरेन्द्र पण्डित, गडेश पण्डित, राजकुमार थामी, रबिन मोक्तान, अम्बर मगर, मीन नारायण मगर, दम्बर मगर, मीन बहादुर मगर, प्रदीप मगर, मुकुन्द खत्री, भुवन मिजार, सार्की तामाङ, बाबुराम तामाङ, शम्भु श्रेष्ठ, रामचन्द्र खत्री, अनिल लामा, सुमन मगर, बिक्रम केसी लगायत ५१ रहेका छन् ।
कार्यक्रम नेपाली काँग्रेस रामेछाप सम्पर्क समिति सभापति राजनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया

Add