कम्युनिष्टको झण्डामुनी बसेर कम्युनिष्ट विरोधी गतिविधि गर्ने मुर्दावाद: पौडेल
बुधबार, माघ ७, २०७७
रामेछाप– संघीय संसद विघटनको विरुद्धमा नेपाली काँग्रेस रामेछापले आइतबार साँझ राँकेजुलुस निकाल्नुका साथै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केली ओलीको पुत्ला दहन गरेका छन् ।
विघटिक संघीय संसद पुनस्थापनाको माग गर्दै नेपाली काँग्रेस रामेछापले राँकेजुलुस लिकालेको हो । संसद विघटन गरेर देशलाई स्थिरतातिर धकेलेको भन्दै नेपाली काँग्रेस रामेछापले विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका हन् ।
राँकेजुलुस सहित राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला लिएर मन्थली बजारबाट निस्किएको जुलुर मन्थली बजारस्थित देवकोटा चोकमा आएर एकोहोरो शंख बजाउँदै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरका थिए । राँकेजुलुस तथा पुत्ला दहन कार्यक्रममा सहभागि नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी ओली विरुद्ध नारा लगाएका थिए ।