Hamro-Mobile-APP

केपीओली विरुद्ध प्रचण्ड–माधव समूहको मशाल जुलुुस

 सोमवार, पुस १३, २०७७ | onlinenews

रामेछाप– प्रधानमन्त्री केपी ओली विरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहरुका कार्यकर्ताले सोमबार झाँस मशाल जुलुस निकालेको छ ।
केपी ओलीले संविधान विपरीत संघीय संसद विघटन गरेर अधिनायकवाल लागू गरेको भन्दै प्रचण्ड–माधव समूहले सोमबार साँझ मन्थलीमा मशाल जुलुस निकालेको हो ।
मन्थली बजारस्थित जिल्ला समन्वय समितिको प्राङ्गणबाट निस्किएको मशाल जुलुस देवकोटाचोकमा आएर टुङ्गिएको थियो । आन्दोलनकारीले मशाल जुलुस गरे पनि देवकोटा चोकमा आएर मशाल एकैठाउँमा थुपारेर बालिरहेको बेलामा प्रहरीले ग्रागोमा पानी ल्याई बलिरहेको मशालमा खनाएर निभाइदिएका थिए ।

प्रतिकृया

Add