Hamro-Mobile-APP

१४९ सांसदको हस्ताक्षर सहित विपक्षी दलका नेताहरु शीतलनिवासमा

 शुक्रबार, जेष्ठ ७, २०७८ | onlinenews

काठमाडौं– संविधानको धारा ७६ (५०) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर सहित विपक्ष दलका नेताहरु शीतल निवास पुगेका छन् । विपक्षी गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा सहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्न शीतल निवास पुगेका हुन् ।
विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेस संसदीय दलको कार्यालयमा सो संख्यामा हस्ताक्षर जुटाइएको स्रोतले जनाएको छ ।

प्रतिकृया

Add