Hamro-Mobile-APP

स्थानीय सरकार गैरजिम्मेवार बनेको नेपाली काँग्रेसको आरोप

 शुक्रबार, जेष्ठ १४, २०७८ | onlinenews

रामेछाप– नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाले स्थानीय सरकार गैरजिम्मेवार बनेको आरोप लगएको छ । कोरोनाको दोश्रो लहर अन्तर्गत लिखु तामाकाशी गाउँपालिकामा पनि सयौं संक्रमित रहेको र केही मानवीय क्षति समेत भइसकेको अस्थामा स्थानीय सरकार आफ्नो जनताको जिउधनको रक्षा गर्नेतर्फ कत्ति पनि चिन्तित् नभएको र पूर्ण गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।
नेपाली काँग्रेस लिखु तामाकाशी गाउँपालिकाले विज्ञप्ति प्रकाशित गर्दै संक्रमित विरामीको पिसीआर गर्ने, अस्पतालसम्म पु¥याउने, उपचारको पहल गर्नेजस्ता न्यूनतम काममा समेत स्थानीय सरकारको ध्यान जान नसको जनाएको छ । गाउँपालिकाभित्रका नागरिकको कोरोना परीक्षणको ब्यवस्था मिलाउन, संक्रमितको उपचार गर्न र सबै नागरिकलाई भ्याक्सिनको ब्यवस्था गर्न विज्ञप्ति मार्फत माग गरिएको छ । गाउँपालिकामा रहेको एम्बुलेन्स, सरकारी गाडी तथा सम्झौता गरिएको गाडीहरु कोभिडका विरामीको लागि निःशुल्क सञ्चालनमा ल्याउन समेत माग गरिएको छ ।
नेपाल सरकारको स्वास्थ्य सम्बन्धि केन्द्रीय नीति अनुसार प्रत्येक स्थानीय तहमा अनिवार्य रुपमा १५ शैयाको अस्पताल निर्माण गर्ने कार्यक्रम अन्तर्गत लिखु तामाकोशी गाउँपालिका–४ विजुलीकोटको नागीमा शिलान्यास समेत गरिसकिएको अस्पतालको लागि आउनुपर्ने बजेट षड्यन्त्रपूर्ण ढंगबाट अन्यन्त्र लगिएको भन्दै सो बजेत फिर्ता गरि सोही अस्पताल निर्माणमा लगानी गर्न पनि विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।
गाउँपालिकाको बजेट एक महिनामा सकाउने गरि विकास योजना तयार गरिएको भन्दै नेपाली काँग्रेसले विज्ञप्ति मार्फत आपत्ति प्रटक गरेको छ । एकातिर माहामारीको यस्तो परिस्थित र अर्कोतर्फ वर्षादको समयमा बजेट खर्च गर्ने बाहनामा हुने यस्तो विकासको नौंटकी बन्द गर्न आग्रह गर्दछौं विज्ञप्तिमा भनिएको छ । गाउँपालिकाको पहिलो प्राथमिकता जनताको जिउधन बनाउनेतर्फ केन्द्रीत होस र त्यसको लागि आवश्यक बजेटको प्रबन्ध गर्न माग गर्दछौं विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया

Add