Hamro-Mobile-APP

सांसद श्यामकुमार श्रेष्ठद्धारा सहयोगको नाममा आफ्नो विज्ञापन

 शुक्रबार, असार ४, २०७८ | onlinenews

रामेछाप– विघठीत प्रतिनिधि सभाका रामेछापका सांसद श्यामकुमार श्रेष्ठले कोरोना संक्रमितहरुलाई सहयोग गर्ने नाममा आफ्नो विज्ञापन गरेका छन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि भन्दै केही थान अक्सिजन ग्याँसको सिलिण्डर, पीपी सेट, स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामग्री जिल्ला स्तरीय (कोभिड–१९) संकट ब्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेका थिए । गत जेष्ठ ३० गते जिल्ला स्तरीय (कोभिड–१९) संकट ब्यवस्थापक केन्द्रका अध्यक्ष समेत रहेका रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई हस्तारण गरिएको अक्सिजन सिलिण्डरमा मान्य श्याम लेखिएको छ ।
सासंद श्रेष्ठले प्रमुख जिल्ला अधिकारीलाई हस्तरण गरिएको प्रत्येक सिलिण्डरमा मान्य श्याम लेखिएको हो । जिल्लामा कोरोना संक्रमण कमहुँदै गइरहेको बेलामा सांसद श्रेष्ठ मार्फत केही स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । जनतालाई समस्या परेर फोन गर्दा फोन नउठाउने, सम्पर्कमै आउन नचाहने र केही कार्यक्रमहरुमा रिबन काट्न भन्दा बाहेक जिल्लामा देखानपर्ने संसाद श्रेष्ठले वितरण गरेको स्वास्थ्य सामग्रीमा आफ्ना विज्ञापन गरेका हुन् ।
जिल्लाबासीलाई समस्या परेको बेला उनको फेसबुक स्टाटस मार्फत सहानुभूति दिनु बाहेक अन्य सहयोग गर्न खासै अघि नसर्ने सांसद श्रेष्ठले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको नाममा पहिलो पकट राहत वितरण गरेका थिए । त्यसमा पनि उनले आफ्नो विज्ञापन गरेका हुन् ।
जनतालाई परेको दुःख, समस्या र आँशूमा राजनीति गरि भोटको खेती गर्ने राजनीतिक दलहरुको संस्कारकै रुपमा विकास भएको पाइन्छ ।

प्रतिकृया

Add

Comments are closed.

2 COMMENTS
  • राजेश

    खोजेको एस्तै ।

  • अबि लामा

    मान्छे मरे पछि औसधी उपचार गर्ने हाम्रो मनानिय सन्सद ज्युलाई धेरै धेरै धन्यबाद।बिचारा के गर्ने नाम नलेखी जनताले थाहा पाउदैन अनि लेख्नु परेन त।छि नाम सुन्दा नि घिन लागेर आउँछ।देश बिकाशको लागि जनताले भोट दिएर जिताएर पठायो आखी अस्फ्नो पेट भरेर आनन्द ले बङ्ला बनाएर बस्यो।