Hamro-Mobile-APP

माधव नेपालले आफ्नै घरमा आगो लगाएः कैलाश ढुङ्गेल

 मङ्लबार, भदौ १५, २०७८ | onlinenews

रामेछाप । बागमती प्रदेश सरकारका निवर्तमान अर्थ तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले माधव कुमार नेपालले आफ्नै घरमा आयो लगाएको आरोप लगाए । नेकपा एकीकृत (समाजवादी पार्टी) का अध्यक्ष माधव कुमार नेपाललाई विभिषणको संज्ञा दिंदै विपक्षीको उक्साहटमा लागेर पार्टी पूmटाएको ढुङ्गेलको आरोप छ ।
रामायणका मुख्यपात्र विभीषणले श्रीलंका राज्यलाई खरानी बनाएर राज्यभिषेक गरेजस्तै मावध नेपालले एमालेलाई खरानी बनाएको ढुङ्गेलले बताए । नेकपा ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेलाई खरानी बनाएर खरानीको डल्लो हातमा लिएर माधव नेपाललाई राज्यभिषेक गरेको उनको भनाई छ ।
महाधिवेशनबाट अध्यक्ष बन्न नसकेका माधव नेपाल विधि र नीतिको पक्षपाति हुनै नसक्ने ढुङ्गेलले बताए । कार्यकर्ताको मत लिएर अध्यक्ष बन्न नसक्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अलोकतान्त्रिक भएको आरोप लगाए ।
पार्टी एकताका लागि आपूmहरु सबै पदबाट विदा भएर मुख्य मन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई आपूmले नै प्रस्ताव गरेको ढुङ्गेलले बताए । रामेछापबाट निर्वाचित हुनु भएका प्रदेश सांसद शान्तिप्रसाद पौडेललाई मन्त्री पद खानुस् भन्दा तटस्थ बस्छु भनेर मन्त्री बन्न नमानेको ढुङ्गेलको भनाई छ । रामेछापमा माधव नेपालको समाजवादी पार्टीमा एमालेबाट जानेको संख्या शून्य रहेको समेत ढुङ्गेलले दावि गरे ।

प्रतिकृया

Add