Hamro-Mobile-APP

बजेट हेरफेर हुँदैन, पुरानै बजेट कार्यान्वयमा लैजान्छौँः मन्त्री पौडेल

 सोमवार, भदौ २८, २०७८ | onlinenews

रामेछाप । बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडलले पुरानै बजेट कार्यान्वयमा लैजाने बताएका छन् । पत्रकारसँग कुरा गर्दै मन्त्री पौडेलले अघिल्लो सरकारले ल्याएको बजेट हेरफेर नहुने बताए ।
२०७५ जेठ २ गतेको संरचना अनुसार पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने पौडेलले बताए । नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले २०७४ को स्थानीय तहको निर्वाचमा सूर्य चिह्नबाट निर्वाचित भएका १६९ जना जनप्रतिनिधि मध्ये ५ जनामात्रै एकीकृत समाजवादी पार्टीमा गएको भन्दै यसले एमालेमा कुनै पनि असर नपर्ने बताए ।

प्रतिकृया

Add