Hamro-Mobile-APP

श्याम थापा उत्कृष्ट करदाताका रुपमा सम्मानीत

 शुक्रबार, मंसिर ३, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । रामेछाप उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष तथा रेडियो तीनलालका सञ्चालक समिति सदस्य श्याम थापा उत्कृष्ट करदताका रुपमा सम्मानीत भएका छन् ।
दशौँ राष्ट्रिय कर दिवसको अवरमा रामेछाप उद्योग बाणिज्य संघको कार्यालयमा आयोजीत कार्यक्रममा थापालाई उत्कृष्ट करदाताको रुपमा नगद सहित सम्मान–पत्रद्धारा सम्मान गरिएको हो ।
आर्थिक वर्ष २०७६÷०७७ मा करतादा सेवा कार्यालय मन्थली, रामेछापको कार्यक्षेत्र अन्तर्गत सबैभन्दा बढी राजस्व दाखिला गरेका थापालाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको करदाता सेवा कार्यालय मन्थलीले जनाएको छ । त्यसैगरी उत्कृष्ट कार्यसम्पादन गर्ने करदाता सेवा कार्यालय मन्थलीका कर्मचारी नवीन थापालाई पनि नगद सहित सम्मान–पत्रद्धारा सम्मान गरिएको छ ।

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *