Hamro-Mobile-APP

खाँडादेवीका १६ जना काँग्रेस कार्यकर्ता एमालेमा गए

 शुक्रबार, मंसिर ३, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । खाँडादेवी गाउँपालिकामा नेपाली काँग्रेस परित्याग गरी दर्जनभन्दा बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
राजधानीमा बसेको बागमती प्रदेशको १० औँ महाधिवेशन जनपरिचालन कमिटीको बैठकमा लामो समयदेखि नेपाली काँग्रेसको सक्रीय राजनीतिमा आबद्ध रहँदै आएका जिल्लाको खाँडादेवी गाउँपालिकाका १६ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले जानकारी दिए ।
काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नेहरु रोजबहादुर लामा, भरतबहादुर लामा, कृतिराज लामा, श्रीबहादुर लामा, कमला लामा, रेणुका लामा, आशिका लामा, निमाछिरिङ लामा, रामहरी मोक्तान (हरिराम), राजकुमार लामा, दर्शन लामा, सविना लामा, दुप्साङ लामा, सेखधोर्जे लामा, ध्रुव लामा र दिनेश लामा रहेका छन् ।

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *