Hamro-Mobile-APP

समाजसेवि तथा एमाले रामेछापका नेता गौतमद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

 बुधबार, मंसिर ८, २०७८ | onlinenews

रामेछाप । समाजसेवि तथा नेकपा एमाले रामेछापका नेता रत्नप्रसाद गौतमले १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुन गइरहेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा नेता गौतमले बागमती प्रदेशको भूगोलतर्फबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
राजनीतिसँगै समाजसेवामा सक्रिया नेता गौतमले रामेछापको नेकपा एमाले पार्टीलाई मजबुद र संगठीत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । नेता गौतमले सामाजिक कामको माध्यमबाट रामेछाप जिल्लाको प्रत्येक गाउँबस्तीमा पुगेर पार्टी संगठन निर्माणको लागि महत्वपूर्ण योगदान पु¥याएको नेकपा एमाले रामेछापका एक नेताले बताए ।
नेकपा एमाले रामेछापको जिल्ला समिति सदस्य तथा नेकपा एमाले रामेछापको १० नं. इलामा इञ्चार्ज समेत भएर काम गरेका नेता गौतमले २०७२ सालको बिनासकारी भूकम्पपछि जिल्लाका भूकम्प पीडितहरु धेरैलाई राहत प्रदान गरेका थिए । त्यसैगरी कोरोना महामारीको बेलामा नेता गौतमले रामेछाप जिल्लामा ७० लाख रुपैयाँ बराबराको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको नेकपा एमाले रामेछापले बताएको छ ।
नेता गौतमले रामेछापको पार्टी सञ्चालनको लागि ठूलो आर्थिक सहयोग गर्दै आएको ती नेताले बताए । बागमती प्रदेशमा भूगोलबाट नेता गौतम केन्द्रीय सदस्यको एकमात्र उम्मेदवार भएको पनि उनले दावि गरे । राजनीतिकलाई समाजसेवासँग जोड्दै जिल्लाको विकास र समृद्धिका लागि आपूmले जीवन समर्पण गर्ने नेता गौतमले हाम्रो अनलाइन न्यूजलाई बताए ।
आफ्ना पार्टीलाई मात्र नभएर आपूmसँग सहयोगको अपेक्षा गर्ने जुनसुकै संघसंस्था र ब्यक्तलाई पनि आपूmले सकेजति सहयोग गर्दै आएको नेता गौतमले बताए । नेता गौतमले नेकपा माओवादी केन्द्र सिन्धुलीका पार्टी कार्यालय निर्माणको लागि ३ लाख २५ हजार रुपैयाँ र नेपाली काँग्रेस रामेछापको पार्टी कार्यालय निर्माणको लागि ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

1 COMMENTS