Hamro-Mobile-APP

रामेछाप जिल्ला समितिको पूर्ण बैठक भइसक्योः नेकपा रामेछाप

 मङ्लबार, पुस २१, २०७७ | onlinenews

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी नेकपाको नामबाट बुधबारको लागि जिल्ला समिति रामेछापको तेश्रो पूर्ण बैठक तथा विस्तारित भेला बोलाइएको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापका अध्यक्ष र सचिवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै तेश्रो पूर्ण बैठक र विस्तारित भेला पौष १५ गते नै सम्पन्न भइसकेको जनाएको छ ।
२०७७ पौष २२ गते नेपाल कम्युनिष्ट पार्टी नेकपाको पूर्ण बैठक तथा विस्तारित भेला नरहेको कुरा सबै कार्यकर्ता एवं जिल्ला कमिटीका सदस्यहरुलाई जानकारी गराइन्छ विज्ञप्तिमा भनिएको छ । नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान र सचिव शान्ति प्रसाद पौडेलद्धारा हस्ताक्षरीत विज्ञप्तिमा नेकपाको कमिटीलाई चोइट्याउने उद्देश्य राखि सामानन्तर कमिटी गठन गरिनु कम्युनिष्ट आन्दोलनको हित विपरीत भएको उल्लेख छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको नाममा २०७७ पौष २२ गते तेश्रो पूर्ण बैठक तथा विस्तारीत भेला बोलाइएको छ । बैठकको प्रमुख अतिथिको रुपमा इश्वर पोखरेल आउने पनि जनाइएको छ ।

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *