Hamro-Mobile-APP

नेकपा रामेछापले प्रधानमन्त्रीलाई बुझाए विरोध पत्र

 शुक्रबार, पुस २४, २०७७ | onlinenews

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–मावध पक्षले प्रधानमन्त्री केपी ओलीले संविधानको ठाडो उल्लंघन गरि असंवैधानिक र अलोकतान्त्रिक पदम चालेको भन्दै विरोध पत्र बुझाएको छ ।
प्रचण्ड–माधव पक्षले जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत प्रधानमन्त्रीलाई संघीय संसद विघट गर्ने अधिकार नदिएको संविधानको धारा र विरोध पत्र जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।


विरोध पत्रका भनिएको छ– ‘संसद विघटनको कदम संविधानको ठाडो उल्लंघन गरि असंवैधानिक अलोकतान्त्रिक एवं स्वेच्छाचारी ढंगले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम चाल्नु भएकोले हामी त्यसप्रति तीब्र अपत्ती प्रटक गर्दै घोर विरोध एव भत्सर्ना गर्दछौं ।’
संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै पनि अधिकार नदिएको भन्दै संविधानको सम्बन्धित धारा अध्ययन गर्न पनि विरोध पत्र मार्फत प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । सो विरोध पत्र आजनै प्रधानमन्त्री कार्यालयमा पठाइने रामेछापको प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मालाई उद्धृत गर्दै नेकपाका एक नेताले जानकारी दिए ।

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *