Hamro-Mobile-APP

नेपालमा शान्ति हुन राजा आउनुपर्छः कंडेल

 सोमवार, पुस २७, २०७७ | onlinenews

रामेछाप– राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका अध्यक्ष रामचन्द्र कंडेलले नेपालमा शान्ति र स्थायित्व कायम हुनको लागि राजा आवश्यक रहेको बताए । हिजो देशमा एउटा मात्रै राजा थियो, अहिले देशमा धेरै वटा राजाहरु भएका छन्, धेरै वटा राजा रहुन्जेल नेपालमा विकास र समृद्धि हुने अवस्था रहेन त्यसैले पुनः राजा फर्काउन जरुरी छ कंडेलले भने ।
पृथ्वी नारायण शाहको २९९ औं जन्म जयन्तीको अवसरमा राप्रपा रामेछापले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै कडेलले यस्तो बताएका हुन् । पृथ्वी नारायण शाहको जन्म जयन्ती पारेर राप्रपा रामेछापले ¥याली निकाल्नुका साथै पृथ्वी नारायण शाहको तस्विरमा माल्र्यापण गरेर पृथ्वी जयन्ती मनाए ।


मन्थली बजारस्थित कटहरबोटबाट सुरु भएको ¥याली मन्थली बजार परिक्रमा गरि देवकोटा चोकमा आएर कोण सभामा परिणत भएको थियो । प्लेकार्ड सहित निस्किएको ¥यालीमा सहभागि राप्रपाका नेता कार्यकर्ताहरुले श्री ५ पृथ्वी नारायण शाह–अमर रहुन, राष्ट्रिय एकता– जिन्दावाद जस्ता नाराहरु लगाएका थिए ।
राप्रपा निकट महिला संघ रामेछापकी अध्यक्ष शान्ता भुजेलले हिन्दु राष्ट्र कायम हुनुपर्ने बताइन । हिन्दू राष्ट्र कायम गर्नको लागि राजा आउन आवश्यक रहेको उनको भनाई छ ।

प्रतिकृया

Add