Hamro-Mobile-APP

केपी ओली पशुपतिनाथ हो, प्रचण्ड माधवहरु भोेलेनाथ हुन् : बस्नेत

 बिहिबार, माघ १५, २०७७ | onlinenews

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले केपी ओली नेपाली राजनीतिको पशुपतिनाथ र प्रचण्ड माधवहरु पशुपतिको बाहिर बस्नेत भोलेनाथहरु भएको बताए ।
केपी ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको सिद्धान्तालाई पच्छाइरहेको सच्चा कम्युनिष्ट नेता केपी ओली नै भएको पनि बस्नेतले दावि गरे । केपी आलीको अभियान क्रान्तिकारी र प्रचण्ड माधवको अभियान कारमारको भएको बस्नेतले आरोप लगाए ।
केपी ओलीको विरोध गर्ने शक्तिलाई भुइमा पछार्न पनि आपूmहरु तयार रहेको नेता बस्नेतले बताए । नेता बस्नेतले प्रचण्ड मावध समूहरुलाई सुगुर र बादरको संज्ञा समेत दिए । माधव प्रचण्डलाई लङ्गुर र केपी ओलीलाई अंगुरको संज्ञा दिंदै आपूmहले नेपाली राजनीतिको अंगुरको रक्षा गर्ने बताए ।
प्रचण्डलाई हसियाँ हथौडा चिन्हमा चुनाव लड्न आग्रह गर्दै नेता बस्नेतले अब माओवादीका अब केपी ओलीले एमाले र प्रचण्डले माओवादी केन्द्र दर्ता घर चुनावमा जानुपर्ने बताए । प्रचण्ड र माधव कुमार नेपालले प्रधानमन्त्रीको लागि ¥याल चुहाएपछि केपी ओलीले पार्टी फोरेर भएपनि, जुनसकै तिक्डम चालेर भए पनि हिजोको भित्ते राष्ट्रपति प्रचण्ड र पार्टी अध्यक्ष नेपाललाई आज सडक छाप बनाइदिएको बस्नेतको भनाई थियो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा रामेछापका केपी ओली समूहले सदरमुकाम मन्थलीमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै पूर्वमन्त्री बस्नेतले यस्तो बताएका हुन् । नेता बस्नेतले केपी ओली आइफोन, सामसुङ ब्राण्ड भएको र माधव प्रचण्ड लोप भइसकेको नोकिया ब्राण्ड भएको संज्ञा दिंदै नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवा झन त्यो भन्दा पनि पुरानो ब्राण्ड भएको संज्ञा दिए । आगामी वैशाख १७ र २७ गते निर्वाचनको तयारी स्वरुप कार्यक्रमको आयोजना गरिएको नेता बस्नेतको भनाई थियो ।

प्रतिकृया

Add