अपचलन गरिएको रकम फिर्ता भएपछि पारित भयो लेखापरीक्षण प्रतिवेदन
मङ्लबार, फाल्गुन १८, २०७७
रामेछाप– रामेछाप मन्थली नगरपालिका सालुबाट विद्यार्थी बोकेर सदरमुकाम मन्थली आउँदै गरेको यात्रु बाहक बस दुर्घटना हुदा १५ विद्यार्थी घाइते भएका छन् । सदरमुकाम मन्थलीमा शुक्रबारबाट हुने मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगितामा सहभागि हुन आएका विद्यार्थी चढेको बस मन्थली नगरपालिका वडा नं. १ र ५ को सीमानामा पर्ने मच्छेडाँडीमा दुर्घटना भएको हो ।
बा ५ ख २८५७ नम्बरको पूर्व अरनिको यातायात प्रा.लि.को बसमा राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगतिमा आएका विद्यार्थी र शिक्षक गरि ५३ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाकारी दिएको छ ।
घाइते मध्य केही विद्यार्थीको अवस्था गम्भीर रहेको पनि जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते विद्यार्थीहरुको उपचार मन्थलीस्थित तामाकोसी अस्पतालमा भइरहेको छ । तीब्र गतिको कारण बस दुर्घटना भएको बताइएको छ ।