प्रदिपकुमार तामाङ पुर्पक्षका लागि जेल चलान
बुधबार, माघ २५, २०७९
रामेछाप– लिखु तामाकोशी गाउँपालिका–५ का गणेश दमाइको हत्या आरोपमा पक्राउ परेका सोही ठाउँमा प्रदिपकुमार तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । तामाङलाई पुर्पक्षका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । गत पुस २८ गते बिहान गणेश दमाईको लाश फेलापरेपछि मृतकका छोरा विशाल परियारले पुस २९ गते प्रतिप तामाङको नाममा किटानी जाहेरी दिएका थिए । जाहेरीको आधारमा प्रहरीले तामाङलाई प्रक्राउ गरि अनुसन्धान प्रतिवेदनसहित जिल्ला अदालत रामेछाप पेश गरेको थियो । मंगलबारको इजालसले तामाङलाई पुर्पक्षको लागि कारागारा पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।